नेभिगेसन मेनु

पाँच महिनामा ६ करोडको मोबाइल चार्जर आयात
सम्पादक:南亚网络电视
समय:2023-01-04 18:44

mobile-charging1656375777

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पाँच महिनामा ६ करोड बढी मोबाइल फोन चार्जर आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिर महिनासम्ममा ६ करोड ४६ लाख ५४ हजार रुपैयाँको चार्जर आयात भएको छ ।

नेपालले ९ वटा देशबाट चार्जर आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै चार्जर चीन र भारतबाट आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चीनबाट मात्र चार करोड ३० लाख ४७ हजारको चार्जर आयात भएको छ । भारतबाट एक करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको चार्जर आयात भएको हो ।

यस्तै, अष्ट्रेलियाबाट १४ हजार, इथियोपियाबाट ८ हजार, हङकङबाट १२ हजार, जापानबाट ७ हजार, न्युजिल्याण्डबाट १ हजार, युकेबाट १ हजार, भेटनामबाट ७४ लाख ३ हजारको चार्जर आयात भएको छ ।

यसबाट सरकारले २ करोड २ लाख ११ हजारको राजश्व संकलन भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर