नेभिगेसन मेनु

आयात कडाइले भन्सार राजस्वमा निरन्तर धक्का
सम्पादक:南亚网络电视
समय:2022-10-12 12:22

विदेशी विनिमय सञ्चिति बढाउन भन्दै सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्वमा गिरावट आएको छ । सरकारले गत वैशाख १३ बाट १० वस्तु आयातमा रोक लगाएको थियो । प्रतिबन्धकै कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको असोज २४ सम्म राजस्वमा २२ प्रतिशतले गिरावट आएको भन्सार विभागको तथ्यांक छ ।

तीन महिनामा कुल लक्ष्यको ६०.७१ प्रतिशत मात्र राजस्व उठेको विभागको तथ्यांक छ । राजस्व संकलन लक्ष्य १ खर्ब ४७ अर्ब २७ करोड रहेकामा असोज २४ सम्म ८९ अर्ब ४२ करोड रुपैयाँ मात्र उठेको विभागले जनाएको छ ।

thumb (1)

गत वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको थियो । अहिले २ खर्ब ७३ अर्ब रुपैयाँको मात्र आयात भएको छ । विदेशी विनिमय सञ्चितिका लागि केही वस्तुमा लगाइएको आयात प्रतिबन्धका कारण ती वस्तुबाट राजस्व संकलन घटेको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ‘गत आर्थिक वर्षको तुलनामा साउन र भदौमा झन्डै १३ प्रतिशतले आयात घटेको छ,’ खड्काले भने, ‘अघिल्लो आर्थिक वर्षमा आयात भएका मध्ये चाँदी, भटमासको तेल, एमएस बिलेट, मोबाइल, जिप, कार, भ्यान, १५० सीसीभन्दा माथिका मोटरसाइकल, सुन आयात घटेको छ, जसको प्रभाव राजस्वमा परेको छ ।’

६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने भन्सार विभागको वार्षिक लक्ष्य छ । यसअनुसार असोज मसान्तसम्म १ सय ३४ अर्ब रुपैयाँ संकलनको लक्ष्य थियो । तर असोज सकिन लाग्दा विभागले लक्ष्य भेटाउन सकेको छैन । अहिलेसम्म ८९ अर्ब ४२ करोड रुपैयाँमा राजस्व उठेको छ । साउनमा राजस्व संकलनको लक्ष्य ३९ अर्ब ६९ करोड रुपैयाँ रहेकामा ३२ अर्ब ३२ करोड मात्र जम्मा भएको विभागको तथ्यांक छ । अर्थात् लक्ष्यको ८१.१० प्रतिशत मात्र राजस्व संकलन भएको हो । भदौमा ५० अर्ब ५८ करोड संकलन लक्ष्य रहेकामा ३५ अर्ब २३ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । लक्ष्यको ६९.६५ प्रतिशत मात्र राजस्व संकलन भएको हो । असोज सकिनै लाग्दा यस महिनाको राजस्व संकलन भने निराशाजनक छ । ५७ अर्ब रुपैयाँ संकलन गर्नुपर्नेमा असोज २४ सम्म २२ अर्ब रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यको ३८.५९ प्रतिशत हो ।

‘गत वर्षको तुलनामा अहिलेसम्म राजस्व संकलन उल्लेख्य घटेको छ,’ खड्काले भने, ‘असोजमा मात्र १३ दिन सार्वजनिक बिदा बेहोर्नुपर्‍यो, बिदाको दिन उल्लेख्य मात्रामा सरकारी कारोबार भएन, त्यसका लागि साउन र भदौमै धेरै सामान आउँथ्यो । आयात कमीकै कारण राजस्वमा कमी आएको हो ।’ राजस्वमा सबैभन्दा बढी योगदान रहने सवारीसाधन आयात नै हो । ‘यसको आयातमा प्रतिबन्ध लगाएपछि राजस्व संकलनमा धेरै कमी आएको छ,’ खड्काले भने ।


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर