नेभिगेसन मेनु

समाचार अनुसन्धान: सार्वजनिक राय प्रश्नहरूको बीचमा दुविधाबाट कसरी बाहिरिने
समय:2022-01-27 11:06

चीनको राजनीतिक समृद्धि भएको विगत ४० वर्षमा चीनको अर्थतन्त्र द्रुत गतिमा विकास भैरहेको छ । साथै, ठूलो संख्यामा उत्कृष्ट उद्यमी र प्रतिभावान लगानीकर्ताहरू पनि निक्लियका छन्। चीनको "वान बेल्ट, वान रोड" विस्तार सँगै चिनका सक्षम व्यक्तिहरू विदेश लगानि प्रति आकर्षित भएका छन् र विदेशी बजारमा प्रवेश गरी आफ्नो व्यवसाय सुरु गरी ठूलो उपलब्धि पनि हासिल गर्न सफल भएका छन्। खौ चिन्चोङ पनि नेपालमा लगानी गर्ने चिनियाँ लगानीकर्ताहरू मध्ये एक हुन्।

जनवरी 6, 2022 मा, दक्षिण एशिया नेटवर्क टिभीका एक रिपोर्टरले खौ चिन्चोङ जी संग अन्तर्वार्ता लिएका थिए।

स्रीच्याच्वाङ हपेई प्रान्तका खौ चिन्चोङ यस वर्ष ५० वर्ष बाट उकालो लागी सक्नु भएको छ । पातलो र फुर्तिलो शरीर भएका खौ चिन्चोङ आफ्नो बोली र व्यवहारमा चतुरता प्रकट गर्नु हुन्छ।

खौ चिन्चोङका अनुसार उहाँको पूरै परिवार छालाको व्यवसायमा संलग्न रहि आएका छन् र उहाँका तीन दाजुभाइ नै ३० वर्षदेखि यस व्यवसायमा संलग्न छन् । व्यापारको प्रारम्भिक दिनहरूमा, उनीहरुले क्वाङतोङ तोङक्वानमा छाला प्रशोधन कारखाना स्थापना गरे। चार वर्षअघि साथीहरुको परामर्शमा उहाँले दक्षिण अफ्रिकामा गएर छाला कारखाना स्थापना गर्नुभयो तर विभिन्न कारणले गर्दा कारखाना बन्द गर्न बाध्य हुनुभयो ।सन् २०१८ मा उहाँ नेपाल आउनुभयो र केहि समयको अनुसन्धानपछि उहाँले नेपालमा छाला प्रशोधन कारखाना खोल्ने निर्णय लिनु भयो।

चीन-नेपाल मित्रता: चिनियाँ लगानीकर्ताहरूको आत्मविश्वास बढाउँदै

नेपाल दक्षिण एसियामा अवस्थित छ र चीनको छिमेकी पनि हो। यी दुई देशबीच हजारौं वर्षदेखि रहेको असल छिमेकी मित्रता कायम छ। चिनियाँ गुरु फा स्यान र थाङ भिक्षुले धेरै वर्ष पहिले नेपालको लुम्बिनीमा बौद्ध धर्मको अध्ययन गर्नु भएका थियो र नेपालका एक प्रसिद्ध शिल्पकार अरनिकोले पनि चीनमा ह्वाइट प्यागोडा निर्माण गरेका थिए ।

नयाँ चीनको स्थापना पछि, नेपाल चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश थियो। ६० वर्षभन्दा बढी समयदेखि चीन र नेपालबीच उच्चस्तरीय आदानप्रदान जारी रहि आएको छ। सन् २०१९ मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा भएको "वान बेल्ट, वान रोड" शिखर सम्मेलनमा भाग लिनुभएको थियो र सोही वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ।

चीनको आर्थिक सुधार र "वन बेल्ट, वान रोड"को पहल सँगै चीनका विदेशी सहायताका लागी अन्तर्राष्ट्रिय परियोजनाहरू विभिन्न देशहरूमा बढ्दै गएका छन् र जस्ले गर्दा निजी लगानीकर्ताहरूले पनि आफ्नो विशेषज्ञता प्रयोग गरी उद्योग विकासका लागी विभिन्न देशहरूमा कारखानाहरू निर्माण गरेका छन्, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि व्यापक रूपमा मान्यता दिएको छ।

हाल नेपालमा ठूलो लगानी गरेका होंग्शी सिमेन्ट, ह्वासिन सिमेन्ट, न्यु होप फिड, हेफेङ फिड र लिमिङ फर्निचरले धेरै नेपालीहरु लाई रोजगारी मात्र नभइ, नेपालको कर राजस्व पनि बढाएर नेपालको विकासमा योगदान पुर्याएका छन्।

कोभिड -१९ को महामारी अघि नेपालमा चिनियाँ पर्यटकको संख्या धेरैमा २५०,००० भन्दा बढी हुने गर्थ्यो। नेपालको प्रख्यात व्यापारिक सडक ठमेलमा धेरै पसलहरू थिए र पर्यटकको लागि होटेल र रेस्टुरेन्ट जस्ता व्यवसायहरू फस्टाउँदै थिए। यी पसलहरूका नेपाली कामदारहरू पनि केही शब्द चिनियाँ भाषामा बोल्न सक्थे। ठमेलको केही सडकहरू चिनियाँ बोर्डहरूले भरिएका छन् र यो एक चिनियाँ व्यावसायिक सडकको रूपमा परीणत भैसकेका छन्।

यही वातावरणको प्रभावले खौ चिन्चोङ नेपाल आउनु भयो र केही समयको अनुसन्धान पछि उहाँले नेपालको वीरगन्जमा कारखानाको लागि जग्गा रोज्नु भयो। वीरगन्ज नेपालको दक्षिणी भागमा पर्ने मधेस प्रान्तको पर्सा जिल्लाको एउटा सहर हो। यो राजधानी काठमाडौंबाट १३५ किलोमिटर (८४ माइल) दक्षिणमा अवस्थित छ र उत्तरमा भारतको बिहारको रक्सौलसँग सिमाना जोडिएको छ। पटना र कलकत्ताबाट नेपालमा प्रवेश गर्ने बिन्दुको रूपमा, वीरगन्जलाई "नेपालको प्रवेशद्वार" भनेर चिनिन्छ र यसलाई "नेपालको ब्यापारिक राजधानी" पनि भनिन्छ। निस्सन्देह, यहाँ कारखाना निर्माण गर्न खौ चिन्चोङ को छनौट धेरै रणनीतिक छ।

केही दिनअघि चितवनबाट दक्षिण एशिया नेटवर्क टिभीको पत्रकारहरुको समूह १५० किलोमिटरभन्दा बढीको यात्रा गरी नयाँ र सुन्दर औद्योगिक सहर वीरगन्जसम्म पुगे। बाटोमा निर्माणाधीन सडकहरू कम्तीमा पनि चार लेनका थिए जसले हामीलार्इ यस नगरको भावी विकास प्रति आशावादि बनाए।

“मेरो कम्पनी दर्ता र कारखाना स्थापनाको प्रक्रियामा, नेपालको स्थानीय सरकारले हामीलाई धेरै सहयोग र समर्थन गरेका छन् , जसको लागि हामी सरकारप्रति अत्यन्तै आभारी छौं! विगत दुई वर्षदेखि कोभिड -१९ महामारीको प्रभावका कारण कारखाना निर्माण गरी उत्पादनमा लाग्ने योजना ढिलो भएको र यस वर्षको मार्चमा अन्ततः उत्पादन सुरु गरी पहिलो ब्याचको छाला उत्पादन गरेको थियो”खौ चिन्चोङले पत्रकारहरूलाई बताउनु भयो। इन्डोनेसियाका लागी निर्यात योग्य बनाइएका छालाका उत्पादनहरूले नेपालका लागि धेरै विदेशी मुद्रा भित्रिएको छ र उद्योगले सरकार बाट पनि मान्यता पाएको छ ।

“मैले नेपालमा छाला कारखाना निर्माण गर्न करिब एक करोड युआन लगानी गरेको छु । विशेष गरी मलाई नेपाल सरकारप्रति पूर्ण विश्वास थियो तर छाला उत्पादनमा ल्याए लगत्तै बाहिरी हस्तक्षेप धेरै भयो। दोस्रो ब्याचको सामान भन्सारमा पुगिसके पछि ऊजुरीका कारण निरीक्षण गर्नको लागि दुई महिना सम्म भन्सारमा राखियो र पुन: परीक्षण गरेर कुनै समस्या नदेखिए पछि छाडिएको हो । जसले कम्पनीको अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्‍याएको छ ” खौ चिन्चोङले आफ्नो निराशता देखाउदै भन्नुभयो।

विदेशी लगानीकर्ता: राम्रो व्यापारीक वातावरण प्रदान गरीयोस

रिपोर्टर र खौ चिन्चोङ बीचको गहिरो अन्तरवार्ताबाट हामीले थाहा पायौं कि भर्खरै सञ्चालनमा आएको छाला उद्योगमा अत्यन्तै गम्भिर समस्या आएको छ। केही समयअघि कम्पनीले छालाका उत्पादनको दोस्रो ब्याच निकासीका लागि घोषणा गर्दा गुणस्तरमा समस्या आएको भन्दै भन्सारले केही समयका लागि थुनेर राखेको थियो र यस घटनालाई नेपालका धेरै मिडियाले समाचारको विषय वस्तु बनाएका थिए, जसले गर्दा उद्योगलार्इ ठूलो नकारात्मक प्रभाव पर्न पुग्यो।

नेपाली मिडियाद्वारा विशेष गरी तिनवटा विषय वस्तुमा समाचार बनाइएको थियो: पहिलो, भन्सारले यस लटको सामान जफत गरेको छ; दोस्रो, निर्यात गर्न तयार गरेको वस्तुले नेपाली उद्योगको मापदण्ड पूरा गरेको छैन; तेस्रो, म्यानुअल वर्कशप र मेकानिकल प्रशोधनबीचको भिन्नता रहेको छ । मिडियाको आशंकाका सम्बन्धमा खौ चिन्चोङले भन्नु भयो:“म सही निर्णय गर्न सक्दिन।" तर तथ्य के हो भने नेपाल भन्सारले पुनः परीक्षण गरेपछि गुणस्तर जाँच पास भई निकासीको स्वीकृति दिइएको थियो, जसले खौ चिन्चोङको छाला कारखानाबाट उत्पादित वस्तुमा गुणस्तरको समस्या छैन भन्ने कुरा पुष्टि गर्दछ।

नेपाल कृषि पर्यटन र हस्तकलामा बाहुल्य भएको देश हो तर औद्योगिक आधार निकै कमजोर छ। चिनियाँ कम्पनीहरूले नेपालमा मुख्य वैदेशीक लगानीका रूपमा पैसा मात्र नभैर्इ उन्नत व्यवस्थापन अवधारणा र उपकरणहरू पनि भित्र्याएका छन्।

खौ चिन्चोङ जस्ता लगानीकर्ताहरू नेपाल आउदा विश्वस्त भए पनि स्थानीय सरकारका कार्यकारी विभागहरूको समग्र व्यवस्थापन सङ्गठन र व्यवस्थापनको गुणस्तरमा अझै सुधार गर्न आवश्यक भएको देखिन्छ, विशेषगरी कार्यदक्षताका र उद्योगको मापदण्डमा तत्काल सुधार गर्न आवश्यक छ, यी कारणहरूले गर्दा उद्योगको विकासमा असुविधा पुर्याएको छ। चीन र नेपालबीच संस्कृति र धार्मिक मान्यतामा ठुलो भिन्नता रहेको छ। विशेष गरी चिनियाँ कम्पनीहरूको लागि भाषा नबुझनु ठुलो कमजोरी बनेको छ। यद्यपि उद्यमहरूले अनुवादकहरूको सहयोग लिने गर्छन् तर उनीहरूले दुबै पक्षको विचारलाई सही रूपमा व्यक्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले एक प्रश्न खडा गरेको छ।

नेपालमा लगानी गर्ने धेरै चिनियाँ कम्पनीका प्रमुखसँग संवाददाताको गहिरो छलफल हुदै आएको छ ।सामान्यतया नेपालको व्यापारिक वातावरण तुलनात्मक रुपमा कमजोर रहेको छ, सरकारको कार्यदक्षता न्यून रहेको छ,  उद्योग सम्बन्धि पूर्ण मापदण्ड नभएको र कतिपय नीतिहरु दिनानुदिन परिवर्तन हुने गरेको पाइन्छ । दुई वर्षको कोभिड -१९को महामारीको गम्भीर प्रभाव र स्थानीय मिडियाको गैरजिम्मेवार रिपोर्टले गर्दा धेरै उद्यमीहरूको नेपालमा लगानी गर्ने आत्मविश्वास र धैर्यता गुमेको छ ।

विज्ञहरूको सुझाव: चाँडो भन्दा चाँडो छाला कारखानालाई समस्या मुक्त गरियोस

वृस्तित जानकारी अनुसार खौ चिन्चोङले सामना गरेको समस्या नेपालमा लगानी गर्ने धेरै चिनियाँ लगानीकर्ताहरुले सामना गरिरहेको साझा समस्या हो। यसबारे प्रश्नहरु लिएर संवाददाताले नेपालका धेरै सफल उद्यमी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, नेपाली सञ्चारमाध्यम र कानुनविद्सँग अन्तर्वार्ता लिएका थिए ।

विज्ञहरुका अनुसार, चीनको द्रुत विकास सबैलाई अवगत नै रहेको विषय हो, र चीन - नेपालबीचको मित्रताको पनि लामो इतिहास रहेको छ। नेपालमा लगानी गरी उद्योग निर्माण गरेकोमा चिनियाँ कम्पनीहरुप्रति आँफु आभारी रहेको र विकासोन्मुख राष्ट्र भएकाले नेपालले विदेशी पुँजी भित्र्याइ स्थानीय उद्योगहरूको विकास र पर्वर्धन गरोस् जसले गर्दा धेरै भन्दा धेरै मानिसहरू लाभान्वित हुन सकून्, यसका साथै सरकारले पनि यस्ता कार्यलाई खुलारुपमा स्वागत गरोस भन्ने उहाँहरुको अपेक्षा रहेको छ । तर, नेपालको औद्योगिक आधार कमजोर भएकाले धेरै सामानहरुको लागि नेपाल आयातमा निर्भर रहि आएको छ। अवश्य पनि दुई देशबीचको संस्कृति र कानुनमा धेरै भिन्नताहरू छन्, त्यसैले नेपालमा लगानी गर्ने कम्पनीहरू सांस्कृतिक रूपमा परस्पर मिलेर रहनु पर्छ, साथै कानुनविदहरुबाट नेपालको कानुन र लगानी नीतिहरू बारे राम्रो जानकारी लिएर कम्पनीको व्यवस्थापनलाई बलियो बनाइ, राम्रो गुणस्तर प्रणाली स्थापना गरि, एक उत्कृष्ट ब्रान्ड स्थापना गरी विवेकशिल र जिम्मेवार उद्यमि बन्नु पर्छ।

खौ चिन्चोङ र उहाँको कम्पनिलाई पनि नेपाली संस्कृति र नेपालको कानुन बारे वृस्तित ज्ञान हुनु आवश्यक छ। यसपालिको समस्याहरु मनन गरि कम्पनीका कर्मचारीहरूका लागि विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथै उत्कृष्ट व्यवस्थापन प्रणाली स्थापना गरी उत्पादनको गुणस्तर तथा परीक्षण व्यवस्थापन गरी उत्पादन गुणस्तर सुनिश्चित गर्नु पर्ने आवश्यक देखिन्छ। यस साथै कम्पनीले मिडियासंग राम्रो व्यवहार गर्नु पर्छ साथै उत्पादन गुणस्तरको निरीक्षण गर्न मिडियालाई खुलारुपमा स्वागत गर्नुपर्छ। उद्योग नियामकहरू र उद्योग संघहरूसँग निरन्तर कुराकानी गरि, उत्पादन सुधारमा उनीहरूको राय सुनेर उद्योग सञ्चालकहरूसँग मैत्री सहकारी सम्बन्ध स्थापना गर्न आवश्यक छ, साथै उन्नत प्रविधि र व्यवस्थापन अवधारणाहरू प्रयोग गरी चिनियाँ कम्पनीहरू प्रतिको उनीहरुको दृष्टिकोण परिवर्तन गर्नु पनि आवश्यक छ।

अन्तर्वार्तामा संवाददाताले भावी विकास योजनाबारे खौ चिन्चोङले आगामी दिनहरूमा नेपालका छाला उद्योगहरुको अवलोकन गर्ने र छाला उद्योग सुधारका लागि उद्योग सञ्चालक तथा संघसँग वृस्तित छलफल गर्ने बताउनुभयो। उत्पादन क्षमता बढाउन र औद्योगिक श्रृंखला विस्तार गर्नका लागि स्रोतहरू एकीकृत गर्ने, औद्योगिक चेनको विकास र विस्तार गर्नका निमित्त चीनको व्यवस्थापन अनुभव र उन्नत उत्पादन उपकरणहरू प्रयोग गर्ने उहाँले बताउनुभयो।

खौ चिन्चोङले भन्नुभयो: "मैले नेपाल रोज्नुको कारण यो हो कि नेपाल र मेरो देश हिमालले मात्र छुट्टिएको छ, हिमाल उच्च भए पनि दुई देशको मित्रतालाई भने यसले छुट्टाउन सक्दैन। भविष्यमा म नेपालमा नै रहेर आफ्नो कम्पनीलाई अझ विशाल र मजबूत बनाउनेछु, साथै देशको राजश्व तथा नेपाली जनताको जीवनमा केही मद्दत पुर्याउने काम गर्नेछु, धेरै भन्दा धेरै रोजगारीको अवसर सिर्जना गर्नेछु र नेपाली कर्मचारीहरूसँग हातेमालो गरि देशको उज्ज्वल भविष्य सिर्जना गर्न प्रयत्नशील रहनेछु ।"

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर