नेभिगेसन मेनु

विश्वकर्मा पूजा किन र कसरी गरिन्छ ?
समय:2021-09-17 04:39

 

हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् । जसमध्ये आज विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन विश्कर्मा दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ ।

वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् । महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख गरेको पाइन्छ । वराह पुराणको अ. ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकारार्थ ब्रम्हा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गरेका थिए । प्राचिन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु निर्माण गरेका कारण उनलाई आचार्यको पनि आचार्य भनिन्छ ।

प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका कारण उनलाइ सम्मान पूर्वक विश्वकर्मा बाबा (गुरु) को रुपमा सम्झने गरिन्छ ।

पूजा गर्ने विधी 

– भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।

– यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ ।

– यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ ।

– यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।

– पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस्।

भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर