नेभिगेसन मेनु

बोझेनीमा सबस्टेशन निमार्णमा विवाद हुँदा दुई जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-01-01 17:58

322970201_688196436270199_3302561935955682989_n

322777101_385536847128192_8960656398705080881_n

काठमाडौं, पुस १७ 

काठमाडौं शंखबरपुर नगरपालीका वडा ३ बोझेनीमा सबस्टेशन निमार्णका क्रममा विवाद हुँदा दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा स्थानीय राजमान स्याङबो, जयमान वाइबा रहेको संखरापुर नगरपालीकाका वडा अध्यक्ष सुर्यमान तामाङले बताए। जनताले विरोध गर्दै गर्दा मुआब्जा पनि वितरण गरिएर अहिले निमार्याको प्रक्रिया थाल्दा यस्तो समस्या आइपरेको उनलेब बताए। यो आन्दोलन वडा कार्यलय र स्थानीले गरेको उनले भने, ‘अहिले हामीलाई त्याहँ जना दिएको छैन, प्रहरीहरुले घेरेर राखिएको छ।

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको सबस्टेसन तथा एमसिसि परियोजनाको सब स्टेशन निमार्णले आफूहरूलाई विस्थापन गर्ने भन्दै काठमाडौँको बोझेनीका स्थानीय तीन वर्षदेखि आन्दोलन गर्दै आएको छ।

सबस्टेसन र प्रसारण लाइनबाट प्रभावित हुने शंखरापुर नगरपालिका वडा नं १, २, ३ र ५ का स्थानीय प्रभावित हुने छ।

सबस्टेशन र प्रसारण लाइन निमार्ण गर्दा त्यहाँको जग्गाको मूल्य घटने भएकाले सब स्टेशन निमार्णमा अवरोध गरेको नेपाल विद्युत प्रधिकरणका प्रवक्ता सुरेस बहादुर भट्टराईले बताए। बत्ति चाहि चाहिने सकेसम्म पूर्वाधार चाहि बनाउन चाहि आफ्नो जग्गा नपरोस भन्ने हुदा यो विवाद आएको उनले बताए। जग्गा अधिग्रहण गर्ने र मुआब्जा वितरण गर्ने प्रक्रिया भइसकेकाले जसरी भएपछि निमार्ण गर्ने उनले बताए। अहिले यो आयोजना बन्ने बेलामा यस्तो कुरा गर्नु भएन। उनले भनजे, यस्तो कुरा पहिला नै हुनु पथ्र्यो।’

323083945_1364145480999366_2302415786134775929_n

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर