नेभिगेसन मेनु

नेपाल–चिन ‘दशक’ चित्रकला प्रदर्शनी
सम्पादक:南亚网络电视
समय:2023-01-03 19:14

微信图片_20230104114303

काठमाडौं, पुस १९। त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाल कला परिषद्मा नेपाल र चीन एक दशक फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी प्रदर्शनी गरिएको छ। फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी प्रदर्शनी मार्फत चीन–नेपालको रंगीन संस्कृतिकहरु पुर्ण रुपमा प्रर्दशित हुने आयोजनाले जनाएको छ।

IMG_8834

प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक सिन लुकाउ, नेपाल ओभरसिज चिनियाँ सङ्घका अध्यक्ष चिन स्याउ तोंग, नेपाली चिनियाँ उद्यम सङ्घका महासचिव चु छिंगचीन लगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।

微信图片_20230104113045

नेपाल–चिन चित्रकलाले साँस्कृतिक आदानप्रदान एक आपसमा सद्धभाव र मित्रता निमार्णको महत्वपुर्ण माध्यम भएको त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक बालमुकुन्द रेग्मीले बताए। चीन–नेपाल हिमाल र पानीले जोडिएको वित्रवत छिमेकी राष्ट्र भएको उनले बताए। यी दुई देश विच साँस्कृति आदन प्रदानको लागि इतिहास रही आएको उनको भनाई छ।

टिबिटियन थाङका र नेवारी थाङका गरी नेपालमा दुई वटा मात्र थाङका विक्री हुने गरेको थाङ्का प्रर्दशनी नारायण पौडेलले बताए। चिनियामा बढी सहभागिता भएकाले प्रर्दशनीमा सबै टिविटेन थाङका मात्र भएको उनले बताए। कोभिडले चिनिया पर्यटन नआएपनि पछिल्लो दुई महिना भेतनाम, म्यानमार, थाइल्याड, सिंगापुर, हङकङबाट पर्यटकको संख्या बढेसँगै थाङकाको पनि व्यापार बढेको उनले बताए। अहिले चिनिया नआएपनि थाङको व्यपार बढेको छ। उनले भने, ‘तर, नेपाली थाङकाको मुख्य बजार चिन नै हो।

४४ थाङका, १५ वालपेन्टिङ, १९ फोटो, ३१ क्यालीग्राफी प्रदर्शनी भएको थियो। दर्शनीमा २०० जना भन्दा बढी चिनिया र नेपालीहरुको सहभागिता रहेको थियो।

फोटो फिचर

微信图片_20230104114250

微信图片_20230104114310

微信图片_20230104114319

微信图片_20230103165400

微信图片_20230103165418

微信图片_20230103165437

微信图片_20230103165501

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर