नेभिगेसन मेनु

तरुलको व्यापार घट्यो
सम्पादक:南亚网络电视
समय:2023-01-09 16:31

WeChat Image_20230109002547

कालीमाटीमा, माघे संक्रान्तिका लागि विक्री गर्न राखिएको तरुलः तस्बिर, विशाल श्रेष्ठ

सको जरा, वन तरुल, भारतीय तरुल, हात्तीपाइले तरुल, रातो तरुल, पानी तरुल, पिँडालु, सखरखण्ड लगायतको बढी कारोबार हुन्छ। एकादीशी र अरु चाडमा भन्दा खासगरी माघे संक्रान्तिमा बढी कारोबार भएतापनि यस वर्ष तरुलको कारोबार घटेको व्यापारुहरु बताउँछन्।

कालीमाटीका तरुल व्यापारी रोशन शाह गत वर्षको भन्दा थोरै विक्री भएको बताउँछन्। गत वर्ष यो समयमा धेरै विक्री हुने गरेको उनले बताए। गत वर्ष १० विघा क्षेत्रफलमा तरुल खेती गरेको उनले सोचेको जस्तो मुल्य नपाउँदा यस वर्ष ६ विगामा जमिनमा मात्रै खेती गरेको बताउछन्। किसानले खेती गरेको लागत उठ्नै मुस्किल हुने गरेको उनको भनाई छ। हामी किसान हो, व्यापारी होइन, उनले भने, ‘हाल यस सटरको भाडा एक लाख ३५ महिनामा तिर्नु पर्छ। हामिलाई घाटा होस या फाइदा होस भाडा तिर्नु पर्छ। तर, तरुल विक्री भएको छैन।’

यस वर्ष सोचेको भन्दा कम विक्री भएको कालीमाटीका तरुल व्यापारी रविन श्रेष्ठ बताउँछन। यसवर्ष धेरै उत्पादन भएको र भारतबाट पनि आयात बढेकाले कम विक्री भएको उनले बताए। अहिले धेरै ठाउँमा तरकारी मन्डी खुलेकाले पनि कम व्यापार भएको उनले बताए। खुल्ला बेच्दा प्रति केजी ६० रुपैंया र बोहोरामा लाग्यो भने प्रति केजी ५० रुपैंया रहेको उनले बताए। गत वर्ष केजीको ८० थियो, बोराको ७० थियो। उनले भने,‘यो सबै नेपालमा उत्पादन भएको हो। तर, नेपालमा भारतको पनि तरुल आउने गर्छ। सुनसरी विरगंज, ठाउँमा तरुल आउने गर्छ। संक्रान्ति भन्दा पछि पनि विक्री हुन्छ। तर, थोरै मूल्यमा विक्री हुने गर्छ।’

नेपालमा बार्षिक करिब दुई देखि तीन करोडको तरुल आयात हुने गदर्छ। कालीमाटी तरकारी बजारमा आएका ८० प्रतिशत भन्दा बढी तरुल सर्लाहीबाट आउने गरेको छ।

WeChat Image_20230109002540

WeChat Image_20230109002536

WeChat Image_20230109002515

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर