नेभिगेसन मेनु

एकै वर्ष ६ जोडी बैंकको मर्जर टुंगिँदै, ‘क’ वर्गका बैंकको संख्या २१ मा सीमित हुने काठमाडाैं | पुस २४, २०७९
सम्पादक:南亚网络电视
समय:2023-01-08 13:46

Bank_Sketch_Lokantar_VTUEY1y2Ny (1)

नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियालाई प्रोत्साहन गरेपछि पछिल्लो ६ महिनाको अवधिमा १२ वटा बैंकले एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया पूरा गर्दैछन् ।

यसमध्ये ४ वटा बैंक गाभिएर एकीकृत कारोबार भइसकेको छ भने बाँकी ८ वटा बैंक गाभिएर ४ वटामा सीमित हुँदैछन् ।

वाणिज्य बैंकहरूको संख्या घटाउन र बैंकलाई बलियो बनाउन राष्ट्र बैंकले दिएको सहुलियतको सदुपयोग गत आवमा २ वटा बैंकले मात्र गरेका थिए ।

यो आर्थिक वर्षको पछिल्लो ६ महिनामा भने थप १० वटा बैंकले यो विधिलाई आत्मसात गरेका छन् । गत आवमै मर्जर सम्झौता गरेका यस्ता बैंकहरूले यही पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन् । 

मर्जर प्रक्रियामा सहभागी भएकामध्ये नबिल बैंकसँग नेपाल बंगलादेश बैंक बिलय भएको छ ।

नेपाल बंगलादेश बैंक १००ः४३ को अनुपातमा गाभिएर नबिल बैंकको नाममा गत असार २८ गतेबाटै एकीकृत कारोबार शुरू भइसकेको छ ।

गत असारदेखि यही पुसम्मको ६ महिनामा थप ८ वटा बैंकले एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन बैंक र सिभिल बैंकले भने २८ पुसका लागि मात्रै वार्षिक साधारणसभा बोलाएका छन् ।

दुवै बैंकले एकैदिन वार्षिक साधारण सभा गरेर मर्जर प्रस्तावलाई स्वीकृत गर्ने र त्यसपछि मात्रै एकीकृत कारोबारको मिति तय हुनेछ । सिभिल बैंक हिमालयनसँग १००ः८१ को अनुपातमा मर्जरमा गएको हो ।

मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुँदा सिभिल बैंकको अस्तित्व समाप्त हुनेछ । तर, सिभिल बैंकका शेयरधनीलाई राम्रो लाभ हुने गरी विलय प्रक्रिया अगाडि बढेकाले मर्जर निश्चितप्रायः छ ।

यसअघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिममा भाँडिएका कारण पनि यो पटक हिमालयनलाई समेत मर्जरमा जानैपर्ने बाध्यता छ ।

यी दुई बैंकले माघदेखि मात्रै एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन् ।

यसअघि १७ पुसमै कुमारी र एनसीसी बैंक एक भएर संयुक्त कारोबार गरिसकेका छन् । यी दुई बैंक मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरू भएको छ ।

समान हैसियतमा मर्जर हुँदा समेत एकीकृत कारोबारपछि एनसीसी बैंकको अस्तित्व समाप्त भएको छ । यी दुई बैंक मर्जरपछि २५ अर्ब ८५ करोड चुक्तापूँजीको बैंक बनेको छ ।

यो वर्ष मर्जरमा गएका २ जोडी बैंकले एकीकृत कारोबार गरिसकेका छन् अन्य ३ जोडीले यही पुस र एक जोडीले माघमा एकीकृत कारोबार गर्दैछन् ।

मर्जरबाट सबैभन्दा ठूलोमध्येको एक बैंक बनेको ग्लोबल आईएमई र बैंक अफ काठमाडौंले २५ पुसमा एकीकृत कारोबार गर्दै छन् । यी दुई बैंक मर्जरपछि बैंक अफ काठमाडौंको अस्तित्व समाप्त हुनेछ ।

अहिलेसम्मकै सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था मर्जर भएर बनेको ग्लोबल आईएमई बैंक बीओकेसँग मर्जरपछि ३४ अर्ब ४२ करोड चुक्ता पूँजीको वाणिज्य बैंक हुने भएको छ ।

ग्लोबल आईएमई बैंकसँग २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर सबैभन्दा धेरै कुल पूँजी (५२ अर्ब रुपैयाँ)को बैंक बनेको हो । यो बैंकसँग ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी बिलय भएका छन् ।

ग्लोबल आईएमईसँग हालसम्म राष्ट्रिय स्तरका (क वर्गका) वाणिज्य बैंकहरू जनता बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिएका छन् । यसअघि बीओकेसँग लुम्बिनी बैंक मर्ज भएको थियो ।

ग्लोबल आईएमईले ७ वर्षअगाडि एकैपटक दुईवटा विकास बैंकलाई मर्ज गरेको थियो ।

यसले सोसियल डेभलपमेन्ट र गुल्मी विकास बैंकलाई प्राप्ति समेत गरेको थियो । त्यसपछि हालसम्म यो बैंकमा मिसिने विकास बैंक नै १० वटा पुगेका छन् ।

यो बैंकसँग रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक मिसिएका छन् ।

ड्राइ डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबल आईएमईमा समाहित भएका छन् ।

ग्लोबल आईएमईले हालसम्म आफैंमा समाहित गरेका ६ वटा फाइनान्समा आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल आवास फाइनान्स र नवदुर्गा फाइनान्स रहेका छन् । 

चुक्ता पूँजीको हिसाबले भने ग्लोबल आईएमईभन्दा अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आउँछ ।

यो बैंक २७ पुसपछि ३४ अर्ब ८२ करोड चुक्तापूँजीको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ । मेगा बैंकले भने यसअघि टुरिजम विकास बैंकलाई मर्ज गरेको थियो । 

सेन्चुरी कमर्सियल बैंक पनि आफ्नो अस्तित्व नै मेटेर प्रभु बैंकसँग मर्ज हुँदैछ । यो बैंकले मर्जरपछिको अन्तिम तयारी गरेर २९ पुसलाई एकीकृत कारोबारको मिति तय गरेको छ ।

यी दुई बैंक समान हैसियतमा गाभिए पनि प्रभु बैंकको नामबाट मात्रै कारोबार हुने छ । यसको चुक्ता पूँजी २९ पुसपछि २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ ।

३२ वटा पुगेका वाणिज्य बैंक यसरी झरे २१ मा 

नेपालमा २०७० असार अगाडि वाणिज्य बैंकहरूको संख्या ३२ पुगेको थियो । त्यतिबेला विकास बैंकहरूको संख्या पनि ९५ वटा थियो । २०७०  असार ३१ मा तत्कालीन नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल (एनआईसी) बैंक र बैंक अफ एसियाबीच मर्जर भएर हालको एनआईसी एसिया बैंक बनेको हो ।

नेपालको बैंकिङ इतिहासमा दुई वाणिज्य बैंक मर्जर भएको पनि यही नै पहिलो थियो  । यी दुई वाणिज्य बैंकहरूको मर्जरपछि वाणिज्य बैंकहरूको संख्या ३२ बाट ३१ वटामा झरेको थियो । 

त्यसपछि २६ चैत २०७० मा कमर्ज एन्ड ट्रस्ट बैंक र ग्लोबल आईएमई बैंकबीच मर्जर भएको थियो । यी दुई बैंक मर्जर भएर बनेको ग्लोबल आईएमईको चुक्ता पूँजी त्यतिबेला ४ अर्ब १० करोड रुपैयाँ पुगेको थियो । बैंकहरूमा भएको यो दोस्रो मर्जरपछि वाणिज्य बैंकहरूको संख्या ३० वटामा झर्‍यो ।

राष्ट्र बैंकले नयाँलाई अनुमति रोकेर बैंकको संख्या घटाउने नीति लिएसँगै २०७२ माघमा प्रभु बैंक र ग्रान्ड बैंकबीच मर्जर भयो । यी दुई बैंक मर्जरपछि वाणिज्य बैंकको संख्या २९ वटामा आयो । 

राष्ट्र बैंकले बैंकहरूको चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्‍याएपछि सोही कारण बैंक अफ काठमान्डू (बीओके) र लुम्बिनी बैंक मर्ज भएका थिए । यी दुई बैंक असार २०७३ मा मर्जर भएर बैंक अफ काठमाडौं बनेको हो । त्यतिबेला वाणिज्य बैंकको संख्या २८ वटामा झरेको थियो । 

२०७४ मा राष्ट्र बैंकले मर्जरलाई थप प्रोत्साहन गर्दै मर्जर नीति नै ल्यायो । यही नीतिपछि २० मंसिरदेखि जनता बैंक र ग्लोबल आईएमई बैंकबीच मर्जर भएर ग्लोबल आईएमई बैंक बन्यो ।

यी दुई बैंकबीच को मर्जरपछि २७ वटामा सीमित भएको बैंक २०७८ असारमा नबिलसँग एनबी गाभिएपछि २६ वटामा झरेको हो । बैंकहरूको संख्या घट्दै अब यही पुसपछि भने २१ वटामा मात्रै सीमित हुने भएको छ । 

यी हुन् एकै वर्ष मर्जरमा गएका ६ जोडी बैंकहरू :

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर