नेभिगेसन मेनु

दोस्रो भेरियन्टले उद्योग संकटमा
समय:2021-05-20 06:13

काठमाडौं :  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण उद्योग व्यवसाय संकटमा परेका छन्। वैशाख तेस्रो सातादेखि निषेधाज्ञा भएसँगै उद्योग प्रभावित हुन पुगेका छन्।  अघिल्लो वर्ष कोभिडका कारण प्रभावित भएका २० प्रतिशत उद्योग सञ्चालनमा आउन सकेका छैनन्। ती उद्योग सञ्चालनमा आउन नसक्दै कोरोनोको दोस्रो भेरियन्ट सुरु हुँदा उद्योग व्यवसाय पूर्णरूपमा प्रभावित हुन पुगेको छ। 

नेपाल राष्ट्र बैंकको दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक क्रियाकलाप ठप्प हुँदा उद्योग पूर्णरूपमा प्रभावित हुन पुगेका छन्। प्रतिवेदनअनुसार गत असारको तुलनामा वैशाखमा उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार भएको छ। गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवम् कारोबार र रोजगारीमा उल्लेख्य बढेको छ। कोभिडपूर्व गत फागुनअघि उद्योग व्यवसाय पुग्न सकेका छैनन्। 

कोभिड महामारीको दोस्रो लहर आएसँगै वैशाख १६ गतेदेखि अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। जसले गर्दा उद्योग व्यवसाय प्रभावित हुन पुग्दा उद्योगधन्दामा थप समस्या आउने राष्ट्र बैंकको निष्कर्ष छ। कोभिडपछि विस्तारै सुधार आउन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने भन्दै राष्ट्र बैंकले कोभिड—१९ को संक्रमण रोक्दै यथासम्भव रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सुझाएको छ। 

कोभिड पछि बन्द हुन पुगेको, कम क्षमतामा सञ्चालन भएका र सञ्चालनमै आउन नसकेका छन्। गत असारमा  ६१ प्रतिशत मात्रै उद्योग सञ्चालनमा  थिए। ती उद्योग वैशाखसम्म ८१.२ प्रतिशत सञ्चालन भएका छन्।  राष्ट्र बैंकले गत वर्ष विभिन्न प्रकृतिका ६ सय ७४ उद्योगको अध्ययन गरेको थियो। वैशाखमा तीमध्ये ५ सय ६२ उद्योगमा अध्ययन गरेको थियो। विद्युत्, ग्यास, पानी र सञ्चार पूर्णरूपमा सञ्चालनमा छन्। असारको तुलनामा सबै प्रकारका उद्योग व्यवसायमा सुधार आएको छ। 

सबैभन्दा कम सञ्चालनको अवस्थामा खानी तथा उत्खनन उद्योग ६० प्रतिशत मात्रै छ। कोभिड महामारी पूर्व फागुनको तुलनामा  असारमा ४.१ प्रतिशत मात्र उद्योग/व्यवसायहरू पूर्ण रूपमा सञ्चालनमा रहेकोमा वैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको भए पनि अर्थतन्त्रमा समस्या देखिन थालेको छ। 

फागुनको तुलनामा असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा वैशाखमा आइपुग्दा ६१.४ प्रतिशत पुगेको छ। गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरूको उत्पादन/कारोबार बढेको  छ। होटल तथा रेस्टुरेन्ट  उत्पादन तथा कारोबारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ। यो अन्य व्यवसायभन्दा सबैभन्दा कम हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर