नेभिगेसन मेनु

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट
सम्पादक:南亚网络电视
समय:2026-10-08 18:08

 

mustang-dragon-frutis-1

 

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २२ गते । सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागनफ्रुट जोमसोममै थन्किएको छ । बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन् ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले सडकखण्डमा क्षति पुर्‍याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधनसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन् ।

व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो । लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेपछि निःशुल्क वितरण गर्नुपरेको हो ।

‘अब लान सक्ने स्थिति छैन, बाटो पनि बन्द छ । बाटो बन्द भइसकेपछि अब बिग्रिन लागिसक्यो । धेरै नै बिग्रिसक्यो । बिग्रिनु भन्दा त बाडौँ भनेर बाडेँका हौँ ।’ सुनुवारले भने । उनका अनुसार जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन । सडकको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो ।

निःशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए । व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकताअनुसार ड्रागन फ्रुट लगेका थिए । सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई निःशुल्क वितरण गर्नु उचित भएको सुनुवारले बताए । ड्रागन फ्रुट वितरण गरेपछि उनी काठमाडौं फर्किने तयारीमा छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर