नेभिगेसन मेनु

रसुवागढी सीमा व्यापार ठप्प, साढे ४ हजार होटल व्यवसायमा क्षति
सम्पादक:南亚网络电视
समय:2026-09-14 15:09

\

 ScreenShot_2026-09-14_125228_245

काठमाडौँ । उत्तरी सीमा नाका रसुवागढी जोड्ने कोरिडोरमा आएको बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहसनहस भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो । 

प्रतिवेदन अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा ३४ अर्ब २८ करोड ५३ लाखको प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा १ खर्ब १६ अर्ब ०८ करोड ८९ लाखको आर्थिक नोक्सानी गरी कुल १ खर्ब ५० अर्ब ३६ करोड ४२ लाख रुपैयाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ । 

बाढी कोरिडोरका करिब ४ हजार ८०० व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । सबैभन्दा बढी असर होटेल तथा रेस्टुरेन्ट १ हजार २५९ वटा र थोक तथा खुद्रा व्यापार १ हजार २१२ वटा मा परेको छ । 

यातायात साधन तथा होटेल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नुका साथै व्यापार अवरुद्ध हुँदा अर्बौं रुपैयाँको कारोबार गुमेको छ । यस क्षेत्रको पुनरुत्थानका लागि ४५ अर्ब ४५ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर