नेभिगेसन मेनु

ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा
सम्पादक:南亚网络电视
समय:2026-10-02 14:13

nepal-acc-premier-cup

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १६ गते । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् ।

ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यो शृङ्खलाका लागि पनि टिममा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन् ।

लिग २ को यो शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ । शृङ्खलाका लागि क्यानडाको पनि टोली घोषणा भइसकेको छ ।

नेपालको टोली सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल टिममा रहेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर