नेभिगेसन मेनु

नेपालगन्जमा भोलिदेखि मेयर कप तथा बी–लेभल खुला ब्याडमिन्टन प्रतियोगिता
सम्पादक:南亚网络电视
समय:2026-09-11 13:26

 

 Badmintion

काठमाडौँ, भदौ २६ गते । नेपालगन्ज रंगशाला कभर्ड हलमा शनिबारदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तरविद्यालय मेयर कप तथा बी–लेभल खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

जुनियर स्तरका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले बाँकेको ब्याडमिन्टनको स्तर उकास्न महत्त्वपूर्ण सहयोग गर्ने १०औँ दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनुभयो।

प्रतियोगिताको व्यवस्थापनलाई चुस्त बनाउन अध्यक्ष लाखेसहित क्लबका पदाधिकारी तथा सदस्यहरू सक्रिय भएर लागिरहेका छन्। नेपालगन्ज ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता नेपालगन्ज रंगशालामा भदौ २७ र २८ गते सञ्चालन हुनेछ।

बाँके जिल्लाबाट नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा यू–१३ सिंगल्स छात्र–छात्रा, यू–१५ सिंगल्स छात्र–छात्रा र बी–लेभल खुला पुरुष डबल्स इभेन्ट समावेश गरिएको अध्यक्ष लाखेले बताउनुभयो।

विद्यालयस्तरीय इभेन्टमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। बी–लेभल खुला पुरुष डबल्सका विजेता टोलीले ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो र चौथो हुने टोलीले समान सात हजार पाँच सय रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष लाखेले बताउनुभयो।

यू–१३ सिंगल्स छात्र–छात्रा र यू–१५ सिंगल्स छात्र–छात्रा इभेन्टमा एक सय ५० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ। बी–लेभल खुला पुरुष डबल्समा करिब ८० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ।

बी–लेभल खुला पुरुष डबल्समा बुटवल, भैरहवा, नवलपरासी, सुर्खेत, दैलेख, धनगढी, टीकापुर, पत्थरकोट, तौलिहवा, नवलपुर, दाङ, गुल्मी लगायतका स्थानबाट खेलाडीले सहभागिता जनाउने अध्यक्ष लाखेले बताउनुभयो।

प्रतियोगितालाई भव्य बनाउन आवश्यक तयारी करिब पूरा भएको नेपालगन्ज ब्याडमिन्टन क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक विपिन श्रेष्ठले बताउनुभयो।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रशिक्षण प्रमुख तथा ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले प्रतियोगिताले नयाँ खेलाडीलाई उत्कृष्ट अवसर प्रदान गर्ने भएकाले बाँकेका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो।

करिब सात लाख ९९ हजार रुपियाँ बजेट रहेको प्रतियोगिताको मुख्य प्रायोजन नेपालगन्ज उपमहानगरपालिकाले गर्नेछ भने राप्तीसोनारी गाउँपालिकाले प्रायोजन र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर