नेभिगेसन मेनु

नेपाल‘ए’विरुद्ध दक्षिण अस्ट्रेलिया ब्याटिङ गर्दै
सम्पादक:南亚网络电视
समय:2026-09-04 12:14

 

 792104674_1553854106770964_292211839368186141_n

काठमाडौँ, भदौ १९ गते । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । अस्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अस्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।

शुक्रबारको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भूर्तेललाई आराम दिएको छ । उहाँको स्थानमा राशिद खानले खेलिरहनुभएको छ । दक्षिण अस्ट्रेलियाले १५ ओभरको खल सकिँदा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । बलिङतर्फ नेपाल ‘ए’ का राशिद खान र नारायण जोशीले एक एक विकेट लिनुभएको छ ।

एकदिवसीय शङ्खलामा नेपाल ‘ए’ पहिलो जितको खोजीमा छ । नेपाल ‘ए’ले पहिलो खेलमा अष्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार व्यहोरेको थियो । नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर