नेभिगेसन मेनु

मन्त्री लम्साल र राजदूत भेट : पुनर्निर्माणमा सहयोग गर्न आग्रह
सम्पादक:南亚网络电视
समय:2026-09-26 13:23

 

 Purwadharmantri-News-Photo

काठमाडौँ, असोज १० गते । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत वाङ माओमिङबिच भोटेकोशी बाढीपछिको चिनियाँ सहयोग र सीमानाका सञ्चालनबारे छलफल भएको छ ।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन, करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री लम्सालले काठमाडौँ–रसुवागढी–केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक स्थानमा ट्र्याक खोल्ने कार्यमा समेत सरकार अगाडि बढेको जानकारी गराउँदै सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रहसमेत गर्नुभयो । 

भेटमा राजदूत वाङले असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर