नेभिगेसन मेनु

इन्द्रध्वजोत्थानसँगै विधिवत् रुपमा इन्द्रजात्रा सुरु
सम्पादक:南亚网络电视
समय:2026-09-23 12:53

 

 yonsi_2083_14_1

काठमाडौँ, असोज ७ गते । इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ ।

आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ ।

आज साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै नगर परिक्रमा गर्ने परम्परा पनि रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा इन्द्रध्वजा  (यःसिं) ढालेपछि जात्रा समापन भएको मानिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर