नेभिगेसन मेनु

ऋषिपञ्चमी : शरीर शुद्धिसँगै जीवनमुक्तिको मार्ग
सम्पादक:南亚网络电视
समय:2026-09-15 18:01

 

 Rishi-Panchami1

काठमाडौँ, भदौ ३० गते ।

“कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतमः।

जमदग्निर्वशिष्ठश्च सप्तैते ऋषयः स्मृताः।।

दहन्तु पापं सर्व गृह्नन्त्वध्र्यं नमो नमः।।”

अर्थात “कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ—यी सात ऋषिले मेरा सम्पूर्ण पाप नष्ट  गरिदिऊन् र मैले अर्पण गरेको यो अर्घ्य स्वीकार गरुन्; उहाँहरूलाई मेरो बारम्बार नमस्कार छ ।”

सनातन धर्मावलम्बी महिलाले यस्तै मन्त्र उच्चारण गर्दै आज ऋषि पञ्चमी पर्व मनाइरहनुभएको छ । भाद्र शुक्ल पञ्चमीमा पर्ने यस पर्वले शरीर शुद्धिमात्र नभई जीवनमुक्तिको मार्गनिर्देशन समेत गरेको छ । यस पर्वमा गरिने सप्तर्षिको पूजा–आराधनाबाट जीवनमुक्तिको मार्ग समेत पहिल्याउन सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले ऋषि पञ्चमीमा ऋषिको पूजा गर्नाले आत्मज्ञान प्राप्तिमा सहयोग पुग्ने बताउनुभयो । ऋषि चेतना र ज्ञानका प्रतीक भएकोले उहाँहरुको पूजा गर्नाले ज्ञान प्राप्त हुने अध्यक्ष डा. भट्टराईको धारणा छ । उहाँले कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषि स्वयं परम ज्ञानप्राप्त भएकोले उहाँहरुको स्मरण र अर्चनाले आध्यात्मिक मार्गका साधकलाई लाभ पुग्ने जानकारी दिनुभयो । 

“ऋषि पञ्चमीले शरीर हुँदै परम ज्ञान प्राप्त गर्ने सन्देश दिन्छ । यो शरीर, मन, आत्मा र परमात्मासँग सम्बन्धित पर्व हो”, अध्यक्ष डा. भट्टराईले भन्नुभयो, “ यस पर्वका मूलतः दुई पक्ष छन्, शरीर शुद्धि र आत्म शुद्धि । स्नान, अपामार्गको प्रयोग, सात्विक भोजन, पञ्चगव्य सेवन आदि बाह्य शुद्धिका लागि गरिन्छ । ऋषिको आराधना मानसिक शुद्धिका लागि हो ।”

पौराणिक प्रसंग

ऋषि पञ्चमीका सम्बन्धमा भविष्य पुराणमा एउटा कथा उल्लेख छ । जसअनुसार एकजना रजोवती भएकी नारीले नियममा नबस्दा दुःख पाएकी थिइन् ।  उनका सन्ततिले विधिपूर्वक ऋषिको पूजा गरेपश्चात मातापिता मृत्युपश्चात समेत दुःखबाट मुक्त भएको प्रसङ्ग छ । 

वार्षिक व्रतरत्नावली ग्रन्थमा ऋषिपञ्चमी पूजाविधि समावेश गरिएको छ । 

आत्मशुद्धिको पर्व

यस दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गरिन्छ । रजस्वला भइसकेकी स्त्रीले विशेष गरी पूजा गर्ने चलन छ । अज्ञानवश भएका दोष निवारण गर्न पूजा गरिन्छ । पतीपत्नी दुवैले सँगै पूजा गर्न पनि सक्दछन् । पत्नी अस्वस्थ भएको अवस्थमा पतिले पनि पत्नीको तर्फबाट पूजा गर्न सक्ने प्रावधान शास्त्रमा उल्लेख छ ।

शारीरिक स्वास्थ्यलाभ

यस तीर्थ, नदी, तालमा गई स्नान गरिन्छ । स्नानका क्रममा तीर्थ, भगवानको प्रार्थना गर्ने गरिन्छ । ३६५ वटा अपामार्ग (दतिवन)ले दाँत माझिन्छ । अपमार्गको नियमित प्रयोगले शारीरिक स्वास्थ्य, आयु र बल वृद्धि र सर्वजनप्रिय हुने विश्वास गरिन्छ । अमला, मृत्तिका, गंगाजलले स्नान गर्दा बाहिरी शरीर शुद्ध हुन्छ । 

पञ्चगव्य सेवन

ऋषि पञ्चमी लगायत हरेक धार्मिक कृत्यमा लक्षणयुक्त गाईको दूध, दही, घिउ, गहुँत र गोबर मिसाइएको पञ्चगव्य सेवन गर्ने नियम छ । अगाडि अगाडि चर्दै जंगलको जडिबुटी खाएकी वेदलक्षणा गाईको पञ्चगव्य सेवन गर्नाले हड्डी छालामा गडेर बसेका रोग र  दोष समेत निवारण हुने मान्यता छ । 

सात्विक भोजन

यस पर्वमा पूर्णरुपमा शुद्ध शाकाहारी  भोजन गर्नुपर्ने अध्यक्ष डा. भट्टराईको भनाई छ  । सात्विक आहारले शारीरिक स्वास्थ्यसँगै सत्वगुणको विकास हुने उहाँले बताउनुभयो । कर्कलोको गाभा रक्तशुद्धताका लागि उपयोगी मानिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर