नेभिगेसन मेनु

सेमिफाइनलबारे रवीन्द्रले भने– तयार छु, चिन्ता लिनुपर्दैन
सम्पादक:南亚网络电视
समय:2026-08-28 11:35

 

rabindra-dhad-1787833358

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले रोड टू यूएफसी सिजन–५ को सेमिफाइनलको निम्ति तयार रहेको बताएका छन् ।

बिहीबार यूएफसीले सामाजिक सञ्जालमा खेलको पूर्वसन्ध्यामा सार्वजनिक गरेको भिडियोमा रवीन्द्रले भने, “सेमिफाइनलको लागि तयार छु । मेरो र कासिबको भेट पहिला पनि भइसकेको छ । धेरै चिन्ता लिनुपर्दैन । पहिला सेमिफाइनलको बारेमा सोचेको छु । अनि फाइनलको बारेमा ।” 

शुक्रबार रवीन्द्रले फाइनल प्रवेशका लागि न्युजिल्यान्डका कासिब मोर्डाेचसँग खेल्दै छन् । रवीन्द्रले अघिल्लो खेलमा फिलिपिन्सका किम्बर्ट एलिन्टोजनलाई हराएका थिए । 

‘बझाङका बाघ उपनाम’ले परिचित रवीन्द्र रोड टू यूएफसीमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली फाइटर हुन् । फाइनल पुगे उनले जापानका रियो ताजिमा र भारतका चुङ्रेङ्ग कोरेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर