नेभिगेसन मेनु

एसियाडमा बक्सिङबाट पदकको अपेक्षा
सम्पादक:南亚网络电视
समय:2026-08-21 13:36

 

 Untitled-1-Recovered (2)

काठमाडौँ, भदौ ५ गते  । एसियाडमा नेपालले अहिलेसम्म जितेको २६ पदकमध्ये पाराग्लाइडिङ (एक रजत) र कबड्डी (एक कांस्य) बाहेक अन्य सबै पदक व्यक्तिगत प्रतिस्पर्धामा मात्र हात पारेको छ । त्यो पनि मार्सल आर्ट्समा मात्र ।  नेपाललाई एसियाडमा सर्वाधिक पदक तेक्वान्दो (१४ पदक) ले दिलाएको छ । त्यसपछि नेपाललाई सबभन्दा बढी एसियाडको पदक दिलाउने खेलमा बक्सिङ पर्छ । नेपालका बक्सरले अहिलेसम्म छ कांस्य पदक नेपाललाई दिलाएका छन् ।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाडमा दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले नेपाललाई कांस्य पदक दिलाउनुभएको थियो । सन् १९९० को बेइजिङ एसियाडमा चित्रबहादुर गुरुङले पनि कांस्य पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाउनुभयो । त्यसपछि सन् २०१० मा भएको गोन्जाउ एसियाडमा पनि बक्सर दीपक महर्जनका कारण नेपाल खाली हात घर फर्कनु परेन । 

त्यसपछि नेपाली बक्सरले एसियाडमा पदक जित्न नसकेको १६ वर्ष भइसक्यो । सोही खडेरीलाई तोड्ने जिम्मेवारी सात बक्सरमा रहेको छ । जापानको आइची नागोयामा हुने २० औँ एसियाली खेलकुदमा पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नुहुने छ । महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

यीमध्ये पनि चन्द्रबहादुर थापाबाट सबभन्दा बढी पदकको अपेक्षा छ । केही महिनाअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आइबा पुरुष विश्व च्याम्पियनसिपमा अर्मेनिया, इन्डोनेसिया र इरानका बक्सरलाई हराउँदै कांस्य पदक जितेपछि चन्द्रबाट अपेक्षा बढेको हो । विश्व बक्सिङमा पदक जित्ने चन्द्र नेपालका एक मात्र बक्सर हुनुहुन्छ । 

नेपाली बक्सिङ टिमको प्रमुख प्रशिक्षकमा राज श्रेष्ठ र सहायक प्रशिक्षकमा दीपक महर्जन हुनुहुन्छ । गोन्जाउ एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाउने दीपक आफ्नो सफलतापछि एसियाडमा अहिलेसम्म नेपाललाई बक्सिङबाट पदक नआएपछि अब प्रशिक्षकका रूपमा त्यो खडेरी पूरा गर्ने बताउनुहुन्छ । “संयोग नै भनौँ, मैले पदक जितेपछि नेपाली बक्सिङले ल्याउन सकेका छैनन् । अब प्रशिक्षकका रूपमा भए पनि सो जिम्मेवारी फर्केको छ । यस पटक बक्सिङबाट पदकको आशा गर्न सकिन्छ,” भन्नुहुन्छ । नेपाली बक्सिङ टिम अहिले भारतको आसामस्थित स्पोटर््स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गरिरहेका छन् । जहाँ ४० दिन प्रशिक्षण गरेपछि  नेपाली टिम उतैबाट जापान पुग्ने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर