नेभिगेसन मेनु

ताप्लेजुङ गोल्डकपः नेपाल पुलिस र झापा–११ को खेल आज
सम्पादक:南亚网络电视
समय:2026-08-31 12:37

 

 TPJ-Goldcup-3d-Taplejung2

काठमाडौं, भदौ १५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

अध्यक्ष मादेनका अनुसार अन्तिम क्वार्टरफाइनलमा विजयी हुने टोलीले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतियोगिताको सेमिफाइनल खेल खेल्नुपर्ने छ । यस्तै मङ्गलबार हुने पहिलो सेमिफाइनल खेल सिराहाको सलहेस युथ क्लब र पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङबिच हुने छ ।

भारतको जर्जियन युनाइटेट आयोजक ताप्लेजुङ ११ र सिराहाको सलहेस सातदोबाटो युथ क्लब काठमाडौंलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । त्यस्तै पाँचथरको फिदिम स्पोर्टिङ क्लब काठमाडौंको चित्लाङ फुटबल क्लबलाई पराजित गरेर प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ । यसवर्ष प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यसवर्ष प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार पाउने आयोजक समितिका कोाषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । 

वि.सं २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नामबाट खेलाइँदै आएको ऐतिहासिक फुटबल प्रतियोतिगा पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना गरिँदै आएको छ । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर