नेभिगेसन मेनु

राजस्थानमाथि लखनउको रोमाञ्चक क्षेत्र
सम्पादक:南亚网络电视
समय:2025-04-20 12:17

rr vs lsg

एस् ए टी भी ०७ वैशाख, काठमाडौँः इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ।

जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ गरेको लखनउले १८० रन बनाएको थियो। 

लखनउले दिएको १८१ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो। 

राजस्थानका लागि ओपनर ब्याटर यसस्वी जैसवालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी  खेलेका थिए। उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर वैभव सूर्यवंशीले ३४ रन बनाए । कप्तान रियान परागले ३९ रन बनाउँदा सिम्रोन हेटमायरले १२ रन बनाएछ । ध्रुव जुरेल र शुभम दुबेले क्रमश:६ र ३ रनमा अविजित रहे।

लखनउका लागि बलिङतर्फ आवेश खानले सर्वाधिक ३ विकेट लिए । सार्दुल ठाकुर र एडन मक्रमले १-१ विकेट लिए ‌।

त्यसअघि ब्याटिङ गरेको लखनौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। 

लखनउको लागि ओपनर ब्याटर एडन मक्रम र मध्यक्रमका ब्याटर आयुष बढोनीले अर्धशतकीय पारी खेलेका थिए। एडनले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। आयुषले ५० रनको अर्धशतकीय पारी खेलेका थिए। डेविड मिलर ७ रनमा र अब्दुल सहमत ३० रनमा अविजित रहे। 

बलिङतर्फ राजस्थानका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए जोफ्रारचर सन्दीप शर्मा र तुषार देशपाण्डेले १-१  विकेट लिए। 

राजस्थानलाई हराउँदै लखनउ अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठ खेल खेलेको लखनउ ५ जित र ३ हारसहित १० अङ्क जोडेको छ। त्यस्तै राजस्थानले समान आठ खेलबाट जम्मा दुई जित दर्ता गर्दै ४ अंकसहित अंकतालिकाको आठौं स्थानमा रहेको छ।

शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्स माथि ७ विकेटको फराकिलो जित निकालेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर