एस् ए टी भी १९ मङ्सिर काठ्माण्डौंः सिचुआन परम्परागत औषधि अन्तर्राष्ट्रिय यात्रा—परम्परागत औषधि संस्कृति महोत्सव · नेपाल काठमाडौंमा विविध कार्यक्रमका साथ मङ्गलवार सम्पन्न भएको छ। जसले परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको बारेमा आफ्नो बुझाइ र दृष्टिकोण साथै चीन-नेपाल मैत्री सम्बन्धमा अभिवृद्दी गर्ने विश्वास लिईएको छ।
कार्यक्रममा नेपालस्थित चिनियाँ रादूतावासका कार्यवाहक राजदूत, वाङ् शिन,चीनको सिचुआनमा रहेको साउथवेस्ट मेडिकल युनिभर्सिटीको सम्बद्ध परम्परागत चिनियाँ चिकित्सा अस्पतालका अध्यक्ष लिउ चेन,नेपाल सरकारका भूतपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर कार्की, साउथवेस्ट मेडिकल युनिभर्सिटी,ट्रेडिसनल चाइनिज हस्पिटल कार्यालय निर्देशक यि लु,साउथवेस्ट मेडिकल युनिभर्सिटी,ट्रेडिसनल चाइनिज हस्पिटल रेस्पिरेटोरि विभाग प्रमुख आओ सुहुआ,साउथवेस्ट मेडिकल युनिभर्सिटी,ट्रेडिसनल चाइनिज हस्पिटल,प्रसूति तथा स्त्री रोग विभाग निर्देशक वाङ योङझाउ, नेपालका काठ्माण्डौं विश्वविद्ध्यालय तथा त्रिभुवन विश्वविद्ध्यालय प्रतिनिधि लगायत विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति थियो।
कुल दुई भाग र ५ एजेण्डा रहेको कार्यक्रमको सुरुवात सिचुआन प्रदेशको परम्परागत चिनियाँ चिकित्सा प्रबन्धन ब्यूरोका बोर्ड सदस्य र उपनिर्देशक मि यिन च्युनको भिडियो सन्देश तथा शुभकामना बाट भएको थियो। परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको विकासप्रति विश्वास र आशा देखाउँदै च्युनले यसको विश्वव्यापिकरण भैरहेको र नेपालको चिकित्सा क्षेत्रको विकासमा एउटा कोसे ढुङ्गो बन्नेमा जोड दिए।
यस्तै कार्यक्रममा नेपाल सरकार पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको उच्च मूल्यांकन हुने भन्दै शुभकामना प्रदान गर्नु भयो। बोल्ने क्रममा उनले नेपाल पक्षले जति सक्दो छिटो परम्परागत चिकित्सा प्रणालीको नेपालमा उपयुक्तताको अध्ययन गरि चिनियाँ पक्षसँग सम्झौता तथा सहकार्य गर्नु पर्नेमा जोड दिए। आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदाका बखत राम्रा योजनाहरू ल्याएको र कार्यान्वयनमा अहिले केही ढिलाई पनि भैरहेको उनले बताए।
नेपाल स्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले कार्यक्रममा बोल्ने क्रममा परम्परागत चिनियाँ चिकित्सा संस्कृति महोत्सवको शुभकामना प्रदान गरे साथै चीन-नेपाल सांस्कृतिक आदान-प्रदानको बारेमा आफ्ना धारणाहरू सम्प्रेषण गरे। यि र यस्ता सहकार्यले नेपाल र चिनलाई अझै नजिकको सम्बन्धमा गाँसिन मद्दत पुग्नेमा उनको विश्वास थियो।परम्परागत चिनियाँ चिकित्सा संस्कृतिलाई संसारभर फैलाउन पर्ने र त्यसको सुरुवात यहाँबाट भएको भन्दै उनले खुसि व्यक्त पनि गरेका थिए।अहिले नेपालका प्रधानमन्त्रीले गरिरहेको चीन भ्रमणको प्रसङ्ग कोट्याउँदै उनले उक्त भ्रमणमा विभिन्न सकारात्मक तथा साँस्कृतिक सम्झौताहरू पनि भएको जनाए। नेपाल स्थित चिनियाँ दूतावासले अबको केही समयमा नै गर्ने विभिन्न साँस्कृतिक कार्यक्रमहरूको बारेमा छोटो विवरण पनि उनले दिएका थिए।
नेपालको काठ्माण्डौं विश्व विद्ध्यालय सङ्ग सहकार्यका लागि सिचुवान स्थित साउथ वेस्ट मेडिकल युनिभर्सिटीले सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमपनि यसै टुरमा सम्पन्न भएको थियो। हस्ताक्षर काठमाडौं विश्वविद्यालयको तर्फबाट काठमाडौं विश्वविद्यालयको एकेडेमी अफ साइन्सेसका उपाध्यक्ष तथा प्राध्यापक डा उज्ज्वलमान जोशी तथा सिचुवान स्थित साउथ वेस्ट मेडिकल युनिभर्सिटीका तर्फबाट साउथवेस्ट मेडिकल युनिभर्सिटी सम्बद्ध परम्परागत चाइनिज मेडिसिन अस्पताल अध्यक्ष लिउ चेनले गरेका थिए। यस सहकार्यले नेपालका अस्पतालहरूमा स्रोत र साधनहरूको आदान प्रदान तथा चीन-नेपाल द्विपक्षीय शैक्षिक आदान-प्रदान प्रवर्धन हुने विश्वास गर्न सकिन्छ।
कार्यक्रममा प्रा. डा. आनन्द केसी प्रशंसापत्रले सम्मानीत पनि भएका थिए।
विभिन्न सत्रमा बाँडिएको कार्यक्रममा साउथवेस्ट मेडिकल युनिभर्सैटीका प्रोफेसर तथा निर्देशक द्वय आओ शुहुआ र वाङ योङ चोउले चिनियाँ परम्परागत चिकित्सा सम्बन्धी केही औषधीय ज्ञान , जडिबुटीको उत्पादन र प्रयोगका बारेमा जानकारी दिएका थिए। साथै उनिहरुको यस सेसनमा प्रस्नोत्तर पनि भएको थियो जसमा सहि उत्तर प्रदान गर्ने दर्सकलाई पुरस्कारको व्यवस्था पनि थियो। यसले कार्यक्रमको आकर्षण अझै थपेको थियो।
अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्णलाई चिनियाँ पारम्परिक पा त्वान् चीन अभ्यास गराई मुटुलाई स्वस्थ राख्न सिकाइएको थियो।कार्यक्रमले चिनियाँ पारम्परिक चिकित्सा प्रणालीको बारे जानकारी दिँदै यसका सकारात्मक आयामहरुको बारेमा वर्णन गरेको थियो। यस्ता प्रकारका सांस्कृतिक तथा चिकित्सकीय आदान प्रदानले दुई देशीय सम्बन्ध, मित्रता अझै दिगो र सुन्दर बनाउनेमा कुनै दुईमत छैन।