नेभिगेसन मेनु

दोस्रो ड्र्यागन डुङ्गा दौडको पहिलो दिन , प्रतिस्पर्धीहरू बिच कडा प्रतिस्पर्धा
सम्पादक:南亚网络电视
समय:2024-12-29 18:43

IMG_8815

एस् ए टी भी १४ पौष, पोखराः नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल चीन मित्रता अझै सुमधुर बनाउने उद्देश्यले सुरु भएको दोस्रो ड्र्यागन डुङ्गा दौड फेस्टिभलको पहिलो दिन आज २०० मिटर तथा ५०० मिटर ड्र्यागन डुङ्गा दौडमा नेपाल चीन तथा सिङ्गापूरका विभिन्न टोलीले प्रतिस्पर्धा गरेका छन्।

IMG_9098

आज बिहान एक कार्यक्रमका बिच पानसमा बत्ती बालेर,रिबन काटेर तथा ड्र्यागनको आँखा,नाक कान मुखको चित्र कोरेर प्रतिस्पर्धाको प्रारम्भ गरिएको थियो। उद्घाटन स्थलमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत महामहिम छन् सोङ, गण्डकी प्रदेश प्रान्तीय मन्त्री, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, नेपाल ड्र्यागन बोट एसोसिएसनका महासचिव, चिनियाँ ड्र्यागन बोट एसोसिएसनका महासचिव वेइ वेइ लगायतको उपस्थिति थियो।

IMG_8870

कार्यक्रममा खेलाडीहरूलाई स्वागत गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले निकै सुन्दर खेल ड्र्यागन डुङ्गा दौड पोखराले आयोजना गर्ने सौभाग्य पाएकोमा खुसी व्यक्त गर्दै चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए। यस प्रतियोगिताको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस्ता पर्यटनात्मक क्रियाकलाप पोखरामा धेरै हुनेमा आशावादी भएका थिए। पर्यटन क्षेत्र मात्रै नभई पोखराले अन्य थुप्रै विधामा आफ्नो सक्रियता बढाउँदै गरेको सुनाउँदै उहाँले भविष्यमा यस्ता प्रकृतिका कार्यक्रमहरू निरन्तर हुने जानकारी गराएका थिए। उनले खेल तथा खेल पर्यटनको समग्र विकासमा संघीय सरकारको ध्यानाकर्षण पनि गराएका थिए।

IMG_8996

कार्यक्रममा बोल्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरा पर्यटनको मात्रै नभई खेलकुदको पनि राजधानी हुन तर्फ अग्रसर रहेको भन्दै यो अग्रसरता निरन्तर रहिरहनु पर्नेमा जोड दिएका थिए । पोखरामा खेलकुद विकासका लागि लगानी गरिरहेको जनाउँदै उनले आगामी १९ वर्ष मुनिको विश्वकप क्रिकेटको आयोजनाको लागि पोखरा रङ्गशाला पनि छानिएको जानकारी दिए। सांस्कृतिक आदान प्रदानमा मुख्य यस्ता प्रतियोगिताले दुई देश बिचको सम्बन्ध अझै प्रगाढ बनाउन भूमिका खेल्ने पनि उनले बताएका थिए। साथै नेपालको पर्यटन प्रवर्द्धनमा ड्र्यागन डुङ्गा दौड फेस्टिभलले ठुलो भूमिका खेल्ने बताउँदै उनले आयोजक प्रति आभार प्रकट गरेका थिए।

IMG_8900

नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले ड्र्यागन डुङ्गा दौड अघिल्लो वर्ष भव्यताको साथ सम्पन्न भएको , यस वर्ष त्यो भन्दा उत्कृष्ट तवरले आयोजना हुने र आउँदा वर्षहरूमा अझै उत्कृष्ट हुँदै जाने आशा व्यक्त गरे। चीन तथा सिङ्गापूरबाट टोलीहरू नेपाल आएर आफ्नो कौशल प्रदर्शन गरे जस्तै नेपाली टोली पनि विभिन्न देश तथा चीन गएर पनि आफ्नो दक्षता प्रस्तुत गरे अझै गौरव लाग्ने उनको भनाई थियो। अघिल्लो पटक भन्दा तेब्बर बढी प्रतिस्पर्धीको सङ्ख्या देखेर उनी निकै खुसी देखिएका थिए। आगामी २०२५ मा नेपाल भ्रमण वर्ष मात्रै नभएर पोखरा भ्रमण वर्ष पनि रहेकाले ड्र्यागन डुङ्गा रेस प्रतियोगिताले सम्पूर्ण राष्ट्रको पर्यटनमा टेवा पुग्ने विश्वास पनि उनले लिएका छन्।

IMG_9247

आज भएको समूह चरणको खेलमा २०० र ५०० मिटर को दौडमा सहभागी २० टोलीलाई पाँच समूहमा विभाजन गरेर हरेक समूहको समूह विजेता तथा उत्कृष्ट ३ उपविजेता छनौट गरी भोलि हुने फाइनल्सको लागि सिफारिस भएको छ। २०० मिटरको फाइनल्सको लागि वुहान विश्वविद्यालय खेलकुद टोली, हुबेइ युनिभर्सिटी अफ इकोनोमिक्स टोली, लिआओछङ विश्वविद्यालय टोली, नारा टोली, युनान मिन्चु विश्वविद्यालय टोली, तोङ्कुआन लाओयु क्लब टोली, सिचुआन लुचौ ड्र्यागन बोट टोली तथा युनान नर्मल विश्वविद्यालय छन् भने ५०० मिटरको फाइनल्सको लागि चाइना सिचाङ लिन्चि ड्र्यागन बोट टोली,लिआओछङ विश्व विद्यालय,सिचुआन लुचौ ड्र्यागन बोट टोली,पिएमसी टोली,युनान नर्मल विश्वविद्यालय,तोङ्कुआन लाओयु क्लब टोली,वुहान विश्वविद्यालय खेलकुद टोली तथा युनान मिन्चु विश्वविद्यालय टोली छन्। प्रतियोगिताको फाइनल्स भोलि बिहान ०९ः३० देखि सुरु हुनेछ।

IMG_9274

प्रतियोगिताकालागी एक सय भन्दा बढी खेलाडी तथा अधिकारीहरूको जम्बो टोली सिचुआन एयरलाइन्सको विमान मार्फत गत बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको थियो। प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई पाँच हजार अमेरिकी डलर , दोस्रो हुनेलाई २ हजार , तेस्रोलाई १ हजार २ सय तथा अन्य सत्र टोलीलाई सान्त्वना स्वरूप पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर