एस् ए टी भी,२३ पौष काठमाडौंः चीनको सिचाङ स्वायत्त क्षेत्र शिगात्से बाट करिब ३५ कि.मी. टाढा तिङरी काउन्टी क्षेत्र केन्द्र विन्दु बनाएर ६.८ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको छ।
नेपाली समय अनुसार बिहान ६ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र(सिईएनसी) ले जनाएको छ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो। एकाबिहानै गएको भूकम्पको धक्काले होहल्लासहित काठमाडौँ बासिन्दाहरू घरबाहिर निस्किएका थिए।
शक्तिशाली भूकम्पको धक्काले कहाँ कति क्षति पुर्याएको छ, विवरण आउन बाँकी रहेको छ।