नेभिगेसन मेनु

कन्फ्युसियस इन्स्टिच्युटको विश्वव्यापी २०औं वार्षिकोत्सव ललितपूरमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-12-22 18:56

ciku group

एस् ए टी भी ०६ पौष, काठ्माण्डौंः कन्फ्युसियस इन्स्टिच्युटको विश्वव्यापी २०औं तथा कन्फ्युसियस इन्स्टिच्युट काठमाण्डौं विश्वविद्यालय को स्थापनाका १७ औं वर्ष पूरा भएको अवसरमा आज विभिन्न कार्यक्रमका साथ ललितपूरमा मनाइएको छ।

ciku 3

कार्यक्रममा कन्फ्युसियस इन्स्टिच्युट काठमाण्डौं विश्वविद्यालयका निर्देशक लि शुवाङ छङले २५०० भन्दा धेरै स्वयंसेवक शिक्षकले अहिले नेपालमा चिनियाँ भाषा पढाईरहेको तथा दक्षिण कोरिया बाट २००४ मा सुरु भएको कन्फ्युसियस इन्स्टिच्युटको यो यात्रा अझै सयौँ वर्ष चल्ने आशा व्यक्त गरे। कन्फ्युसियस इन्स्टिच्युट काठमाण्डौं विश्वविद्यालयले नेपाली विद्यार्थीलाई चीनमा लगि तथा चिनियाँ विद्यार्थीलाई नेपाल ल्याई शिक्षा लिने व्यवस्था मिलाइरहेको जनाउँदै आउँदा दिनमा अभिमुखिकरण तालीम हरू तथा व्यवसायिक तालीमहरू थप गर्दै , नेपाल चीन सांस्कृतिक आदान प्रदान अझै गहिरो बनाउनेमा प्रतिबद्दता व्यक्त गरे।

ciku 2

ललितपूर महानगरपालिका प्रतिनिधी देवी प्रसाद उपाध्यायले आतिथ्यताकोलागि धन्यवाद ज्ञापन गर्दै चिनियाँ भाषा तथा चिनियाँ प्रविधि सङ्ग सङ्गै सांस्कृतिक आदान प्रदानमा कन्फ्युसियस इन्स्टिच्युटले खेलेको भुमिका प्रति धन्यवाद व्यक्त गरे।

ciku 1

ciku 4

कार्यक्रममा ख्वप स्कूल , पाठशाला नेपाल लगायत विद्यालयका विद्यार्थीले विभिन्न चिनियाँ तथा नेपाली संस्कृती झल्किने नृत्य तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर