नेभिगेसन मेनु

फेवा संवाद-२०२४ अन्तराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम पोखरामा आज सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-12-18 19:25

fewa 4

एस् ए टी भी ०३ पौष, पोखराः त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा मुलुकको पर्यटकीय राजधानी पोखरामा हुन गइरहेको फेवा संवाद-२०२४ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम पोखरामा आज सम्पन्न भएको छ।

图片_20241218165524

मुलुकको उच्चशिक्षामा महत्त्वपूर्ण राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै आइरहेको त्रिभुवन विश्वविद्यालय तथा चिनियाँ शिक्षाको एक अग्रणी संस्था सिचुआन विश्वविद्यालय सँगको सहकार्यमा फेवा संवाद-२०२४ आयोजना भइरहेको हो।    नेपालको ७६ वटा जिल्लामा विस्तारित त्रिभुवन रहेर विश्वका करिब १८२ वटा विश्वविद्यालयहरूसँग शैक्षिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको र उच्चशिक्षामा मार्फत देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस विश्वविद्यालयले आफ्ना निकटतम मित्रराष्ट्रहरूका विश्वविद्यालय तथा उच्चशिक्षा प्रदायक संस्थानहरूसँगको सहकार्यलाई विशेष प्राथमिकता दिई संयुक्त अनुसन्धान परियोजना सञ्चालन, शिक्षक-विद्यार्थीहरुको आदान प्रदान र विविध विषयमा संयुक्त अन्तर्राष्ट्रिय सम्मेलन मार्फत शैक्षिक अनुभव एवम् विशेषज्ञताको आदानप्रदान गर्दै आइरहेको र यो फेवा संवाद - २०२४ त्यसैको सिलसिलाको रूपमा रहेको आयोजकले जानकारी दिए।  

fewa 1

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रूपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय आकांक्षामा महत्त्वपूर्ण योगदान हुने अपेक्षा गरिएको सम्मेलन विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुनेछ । सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेशबाट ३८ ३ जना, भुटान, मलेसिया, सिंगापुर, इन्डोनेसिया लगायतका देशबाट सहभागी हुनेछन् । सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, पूर्वमन्त्रीहरु कमल थापा, डा. युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा. प्रकाश शरण महत लगायत प्रतिष्ठित राजनीतिज्ञहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दीपेन्द्र बहादुर क्षेत्री, प्रा.डा. गोविन्दराज पोखरेल, डा. विश्व पौडेल, पूर्वराजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरू, लगायतका विज्ञहरूको उत्साहपूर्वक सहभागिता रहनेछ ।  

विभिन्न मुलुकहरूको उत्साहपूर्ण सहभागितामा आयोजना हुने सम्मेलनमा भएका संवाद, छलफल एवम् विचार विमर्शले देशमा सकारात्मक सन्देश प्रवाह गर्ने र चीन जस्तो नजिकको छिमेकी सङ्गको सम्बन्ध अझै प्रगाढ हुनेमा आशावादी रहेको आयोजकले जनाए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर