नेभिगेसन मेनु

दोस्रो ड्र्यागन डुङ्गा दौड फेस्टिभलको पूर्वसन्ध्यामा रात्रीकालिन स्वागत भोज कार्यक्रम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-12-29 00:45

IMG_8518

एस् ए टी भी १३ पौष, पोखराः नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुन लागेको दोस्रो ड्र्यागन डुङ्गा दौड फेस्टिभलको पूर्व सन्ध्यामा पोखरामा आमन्त्रित खेलाडी तथा अधिकारीहरूलाई रात्रिकालीन स्वागत भोज कार्यक्रम सम्पन्न भएको छ।   

IMG_8449

चिसो मौसमको साँझमा आयोजित कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत महामहिम छन् सोङ, गण्डकी प्रदेश प्रान्तीय मन्त्री, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, नेपाल ड्र्यागन बोट एसोसिएसनका महासचिव, लगायतको उपस्थिति थियो।  

IMG_8491

कार्यक्रममा अतिथि खेलाडीहरूलाई स्वागत गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले निकै सुन्दर खेल ड्र्यागन डुङ्गा दौड पोखराले आयोजना गर्ने सौभाग्य पाएकोमा खुसी व्यक्त गर्दै चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए। यस प्रतियोगिताको सफलताको कामना गर्दै आगामी दिनमा पनि यस्ता पर्यटनात्मक क्रियाकलाप पोखरामा धेरै हुनेमा आशावादी भएका थिए।   

IMG_8586

मन्तव्यका क्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरा पर्यटनको मात्रै नभई खेलकुदको पनि राजधानी हुन तर्फ अग्रसर रहेको भन्दै यो अग्रसरता निरन्तर रहिरहनु पर्नेमा जोड दिएका थिए । साथै नेपालको पर्यटन प्रवर्द्धनमा ड्र्यागन डुङ्गा दौड फेस्टिभलले ठुलो भूमिका खेल्ने बताउँदै उनले आयोजक प्रति आभार प्रकट गरेका थिए।  

IMG_8545

नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले ड्र्यागन डुङ्गा दौड अघिल्लो वर्ष भव्यताको साथ सम्पन्न भएको , यस वर्ष त्यो भन्दा उत्कृष्ट तवरले आयोजना हुने र आउँदा वर्षहरूमा अझै उत्कृष्ट हुँदै जाने आशा व्यक्त गरे। आगामी २०२५ मा नेपाल भ्रमण वर्ष मात्रै नभएर पोखरा भ्रमण वर्ष पनि रहेकाले ड्र्यागन डुङ्गा रेस प्रतियोगिताले सम्पूर्ण राष्ट्रको पर्यटनमा टेवा पुग्ने विश्वास लिएका छन्।  

IMG_8676

प्रतियोगिताकालागी एक सय भन्दा बढी खेलाडी तथा अधिकारीहरूको जम्बो टोली सिचुआन एयरलाइन्सको विमान मार्फत गत बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको थियो। प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई पाँच हजार अमेरिकी डलर , दोस्रो हुनेलाई २ हजार , तेस्रोलाई १ हजार २ सय तथा अन्य सत्र टोलीलाई सान्त्वना स्वरूप पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर