एस् ए टी भी,२३ पौष काठमाडौंः गौतम बुद्धले खिर ग्रहण गरेको दिनको उपलक्षमा ह्वायान छोङ्छिङ टेम्पल तथा सिन्वे अन्तर्राष्ट्रिय ध्यान केन्द्रको आयोजनामा काठमाडौँमा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
बौद्ध परम्परा अनुसार सिद्धार्थ गौतम, बुद्ध बन्नु अघि धेरै वर्ष चरम तपस्या गर्दै गम्भीर अभाव र शारीरिक कष्टको अधीनमा बिताए। केवल त्यस मार्गले ज्ञान प्राप्त गर्न नसकेको महसुस गरेका थिए। त्यसै बेला उनले एक गोठालो केटीलाई भेटे जसले उनलाई दूध दिइन्। दूध पिएपछि उनले ज्ञान प्राप्त गरेको विश्वास छ। बोधी रूख मुनी बसेर ध्यान गरी ला महिनाको आठौँ दिनमा बुद्धत्व प्राप्त गरेको घटना स्मरण गर्दै बौद्ध शिष्यहरूले धर्म सभा आयोजना गरेर चामल र फलफूलका साथ खिर पकाएर ग्रहण गर्ने प्रचलन रहिआएको छ।
सोही दिनको स्मरण गर्दै आज खिर तथा प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाए। यस पर्व जसलाई लापा पर्व पनि भनिन्छ, चिनियाँ नयाँ वर्ष जत्तिकै महत्त्वपूर्ण रहेको पनि आयोजकले जनाए।
कार्यक्रममा विभिन्न पेसा व्यवसाय, जाती, धर्म, समुदायका मानिसहरूको बाक्लो उपस्थिति थियो।