नेभिगेसन मेनु

गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल
सम्पादक:南亚网络电视
समय:2024-10-20 10:54

French-Women-League-Guingamp

४ कात्तिक, काठमाडौं । नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ ।

साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन पहिलो जित निकालेको हो ।

गुइग्याम्पको लागि साम्बाले नै ५६औं मिनेटमा पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर अजारोले ६२औं र चापेलले ६५औं मिनेटमा गोल गरेपछि स्ट्रासवर्ग खेलमा फर्केको थियो ।

६७औं मिनेटमा गुइग्याम्पकी ओलिभरलेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याइन् । त्यसपछि पेनेउले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि गुइग्याम्पले ३-२ ले जित निकाल्न सफल भयो ।

पहिलो जितपछि ५ खेलबाट ३ अंक जोडेको गुइग्याम्प रेलिगेसन क्षेत्र छाड्दै १०औं स्थानमा उक्लेको छ । स्ट्रासवर्ग २ अंकसहित ११औं स्थानमा झरेको छ भने अंकविहीन रहेको रेइम्स अन्तिममा छ ।

काठमाडौंमा साफ वुमन्स च्याम्पियन्सिप २०२४ सुरु भइसके पनि क्लबले रिलिज नगरेपछि साम्बा स्ट्रासवर्ग विरुद्धको खेलका लागि फ्रान्समै थिइन् । अब साम्बा आजै नेपाल आउनेछिन् र सोमबार माल्दिभ्स विरुद्ध हुने खेलका लागि उपलब्ध हुनेछिन् । तर उनले माल्दिभ्स विरुद्ध खेल्ने/नखेल्ने भने निश्चित छैन ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर