नेभिगेसन मेनु

साफ वुमन्स च्याम्पियनसिपका लागि माल्दिभ्स टिम काठमाडौं आइपुग्यो
सम्पादक:南亚网络电视
समय:2024-10-15 11:34

Maldivs_Team_Welcome_Nepal

२८ असोज, काठमाडौं । साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन माल्दिभ्सको टिम सोमबार काठमाडौं आइपुगेको छ । टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

च्याम्पियनसिप खेल्न पाकिस्तानपछि माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टिम हो । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

च्याम्पियनसिपमा माल्दिभ्स समूह बी छ । यस समूहमा घरेलु टोली नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । माल्दिभ्सले आफ्नो पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

यस्तै समूह ए मा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै पाँच पटकको च्याम्पियन भारत र श्रीलंका छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तानबीच खेल हुनेछ ।

श्रीलंका, भारत र बंगलादेशको टोली मंगलबार तथा भुटानी टोली बुधबार काठमाडौं आइपुग्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर