नेभिगेसन मेनु

एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
सम्पादक:南亚网络电视
समय:2024-09-23 12:33

Nepal-u-20-football

७ असोज, काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली चाइनिज ताइपेइको सामना गर्दैछ ।

समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेइबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

पहिलो खेलमा पराजित भएका नेपाल र चाइनिज ताइपेइ दुवै पहिलो जितको खोजीमा छन् ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । यस्तै घरेलु टोली चाइनिज ताइपेइ बहराइनसँग १-० ले पराजित भएको थियो ।

छनोट चरण पार गर्ने लक्ष्य राखेको नेपालको लागि पहिलो खेलमा पराजित भएपछि चुनौती थपिएको छ । नेपालले बलियो टोलीहरुसँग खेल्न बाँकी नै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर