नेभिगेसन मेनु

पेरिस ओलम्पिक २०२४ : प्रिन्सको हारसँगै नेपालका ६ खेलाडीको चुनौती समाप्त
सम्पादक:南亚网络电视
समय:2024-08-01 13:27

pppp

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ अन्तर्गत ब्याडमिन्टनको समूह चरणबाटै बाहिरिएका छन् । प्रिन्सको हारसँगै पेरिस ओलम्पिकमा सहभागी सातमध्ये ६ नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पुरुष सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि हिट चरणबाटै आउट भए । पौडीकै डुवाना लामा, टेबुलटेनिसका स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । 

अब एथलेटिक्समा महिला म्याराथन (४२.१९५ किलोमिटर)मा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीले ११ अगस्टमा खेल्नेछिन् । पेरिसस्थित ला चापेला एरिनामा समूह ‘पी’मा प्रिन्स इजरायलका मिसा जिलबरामसँग २–० को सोझो सेटमा पराजित भए । उनको यो तेस्रो खेल थियो । प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भएका हुन् । यसअघि प्रिन्स दोस्रो खेलमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ ले निराश भए । 

विश्व वरीयतामा १७२औँ स्थानमा रहेका प्रिन्स पहिलो खेलमा विश्व वरीयताको नम्बर २ खेलाडी डेनमार्कका भिक्टर एक्लेल्सेनसँग भिडेका थिए । सो खेलमा उनी २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए । विश्व ब्याडमिन्टन महासंघको कोटामा प्रिन्स ओलम्पिकमा छनोट भएका हुन् । नेपाली ब्याडमिन्टन इतिहासमा ओलम्पिक खेल्ने उनी पहिलो खेलाडी हुन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर