नेभिगेसन मेनु

ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीलाई राष्ट्रपतिको बिदाइ
सम्पादक:南亚网络电视
समय:2024-07-19 15:20

kheladi-bidai2024-07-19-12-37-04

राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले  हार र जित खेलको पाटो भएको बताउँदै ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले  दृढसंकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए । उनले भने, ‘आफ्नो नाभीदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफैँ आउँछ । हामी सबै नेपाली तपाईंहरूका साथमा छौँ ।’

उनले  ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेछ भन्ने आफू आशावादी रहेको बताए । सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका  राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे। 

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर