नेभिगेसन मेनु

नयाँ भवन बनेपछि चौतारा अस्पतालमा चाप
सम्पादक:南亚网络电视
समय:2024-07-23 12:15

WeChat Screenshot_20240723100124

चीन सरकारले १८ महिनाको अवधिमै बनाइदिएको सुविधासम्पन्न नयाँ भवनमा सरेपछि चौतारा अस्पतालको मुहार परिवर्तन भएको छ । यसको बाहिरी रूप मात्रै होइन, भित्री पक्ष पनि सबल भएको छ । भूकम्पपछि आठ वर्ष प्रिफ्याबमा बसेर उपचार गर्दा न डाक्टर खुसी थिए, न बिरामी । ठूलो वर्षा र हावाहुरी आउँदा उपचार सेवा नै रोकिन्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ । बिरामीले तुरुन्तै उपचार सेवा पाउँछन् ।

सफा अस्पताल, सेवामा प्रतिबद्ध चिकित्सक र कोठैपिच्छे राखिएका उपकरणले उपचारका लागि आउने बिरामीले सन्तोषको सास फेर्ने गर्छन् । ‘हामीले बिरामीका लागि तय गरेको टोकन प्रणाली, उपचारपूर्व गर्ने व्यवहार र सबै सेवामा परिवर्तन गरेर उपचारमैत्री वातावरण बनाएकाले बिरामीको आधा रोग अस्पतालभित्र प्रवेश गरेको केही समयमा निको हुन्छ,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले भने । नयाँ अस्पतालमा छिर्दा कुनै सुविधासम्पन्न प्राइभेट र विदेशी हस्पिटलमा गएर उपचार गरेजस्तै अनुभव सरकारी अस्पतालमा बिरामीले गरेको उनले बताए । प्रत्येक बिहान सवा ९ बजे चिकित्सकसहित महŒवपूर्ण स्टाफको बैठक हुन्छ । इमर्जेन्सी र वार्डमा रहेका बिरामीलाई २४सै घन्टा निगरानी गर्न चिकित्सकको समूह बसिरहन्छन् । 

नयाँ भवन ३९ कोठाको छ । पानी, बिजुली, सञ्चार र साधनको राम्रो व्यवस्थापन भएकाले उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल सफल भएको छ । बागमती प्रदेशबाट स्वीकृत ५० शøयामा राखेर बिरामीको उपचार हुन्छ । इमर्जेन्सी, जनरल ओपिडी, हाडजोर्नी, फिजियोथेरापी, ल्याब, एक्सरे, भ्याक्सिनेसन, क्षयरोग र एचआइभीको उपचारकक्ष भुइँतलामा राखिएका छन् । जनरल वार्ड, प्रसूति, अप्रेसन, बालरोग उपचार, फोटोथेरापी पहिलो तलामा राखिएका छन् । दोस्रो तलामा दुइटा अप्रेसन कक्ष, प्रोग्राम हल र पुस्तकालय छन् । अस्पतालमा सबै सिस्टम नयाँ र प्रविधियुक्त छ । नयाँ उपकरणले उपचारमा गुणस्तरीयता प्रदान गरेको छ । यति हुँदाहुँदै पनि मेन्टेनेन्स खर्च, कर्मचारी र बजेट पर्याप्त छैन । प्रदेश सरकारबाट प्राप्त बजेटले गुणस्तरीय उपचार प्रदान गर्ने हाम्रो निरन्तर अभियान कठिन भएको डा. भण्डारीको गुनासो छ । ‘स्वास्थ्य बिमा भएका दुई सय बिरामीले दैनिक जनरल ओपिडी सेवा लिन्छन् । मासिक ३१ सयले जनरल ओपिडी र सात सयले इमर्जेन्सी सेवा लिन्छन्,’ उनले भने, ‘बढीजसो दम, रक्तचाप, मधुमेह र पेटसम्बन्धी समस्या भएका बिरामी आउँछन् ।’

साप्ताहिक रूपमा मानसिक रोगीलाई दुईपटक र नाक, कान, घाँटीका बिरामीलाई एकपटक उपचार सेवा प्रदान गरिँदै आएको छ । जिल्लाको मध्यभागमा रहेको चौतारा अस्पतालमा चौतारा साँगाचोकगढी, इन्द्रावती, बलेफी, जुगल र पाँचपोखरी थांपालबाट उपचार लिन आउँछन् । आइसियू, जटिल रोगको अप्रेसन र इमर्जेन्सीमा आउने १५ प्रतिशत बिरामीलाई रेफर गर्नुपर्ने अवस्था अझै विद्यमान छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर