नेभिगेसन मेनु

साउथ एसियन ट्राभल अवार्ड (साटा) को आयोजना नेपालमा हुदै
सम्पादक:南亚网络电视
समय:2024-07-08 18:45

IMG_2955

एस् ए टि भी,काठमाडौं,असार २४ गते। ८ औं संस्करणको साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२४ को आयोजना नेपालमा हुने भएको छ। दक्षिण एसियाको आतिथ्य सत्कार क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई सम्मान गरिने यस कार्यक्रम सेप्टेम्बरमा हुन गइरहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

२ दिने अवार्ड सेरेमोनिमा करिब २५० महानुभावको उपस्थिति रहने आयोजकले बताएका छन्। नेपाल पर्यटन बोर्ड र होटेल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो पटक अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले क्षेत्रीय स्तरमा आयोजना हुने यस प्रकारका कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो ।

IMG_2998

यस्तै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले साटाले आफ्नो अवार्डको आठौं संस्करणका लागि नेपाल छनोट गरेकामा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले अन्तरदेशिय पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले साटाले नेपालमा आयोजन गर्ने कार्यक्रमहरूले दक्षिण एसियाली आतिथ्यतामा प्रर्वद्धनका लगि उर्पयुक्त प्लेटफर्म हुने बताउनु भयो । 

यसैबीच पत्रकार सम्मेलनका बीच साटाको होटल पार्टनरका रुपमा अलफ्ट होटल र मल्ल होटलसंग समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

IMG_2974

साटा दक्षिण एशियाभरि यात्रा र पर्यटन उद्योगमा उत्कृष्टतालाई मान्यता दिने र पुरस्कृत गर्ने वार्षिक कार्यक्रम हो। आतिथ्यताका विभिन्न विधाका लागि समग्र दक्षिण एसियाली राष्ट्रहरूबाट ४०० जना मनोनयनमा परेका छन्। सूचीकृतमध्ये ४४ जनालाई दक्षिण एसियाली आतिथ्य क्षेत्रबाट सम्मानित गरिने आयोजकले जनाएको छ। पुरस्कारलाई गोल्ड अवार्ड र सिल्भर अवार्ड गरी दुई समूहमा विभाजन गरिएको समेत आयोजकले जानकारी गराएको छ।

व्यवसायका प्रमुख मारथिहरू बीचको सम्बन्ध बढाउने उद्देश्यले, कार्यक्रम सेप्टेम्बर १९, २०२४ मा मल्ल होटलमा हुने तय गरिएको छ। कार्यक्रममा नेपाल पर्यटन बोर्ड र होटल्स एशोसिएसन नेपाल (हान)को सहयोग रहेको छ। एक प्रमुख नेटवर्किङ अवसरको रूपमा डिजाइन गरिएको, साँझले अर्थपूर्ण सहकार्यका लागि प्लेटफर्म उपलब्ध गराउने आयोजकको विश्वास रहेको छ।

IMG_2992

त्यस्तै अर्को कार्यक्रम सेप्टेम्बर २०, २०२४ अलफ्टमा आयोजना हुनेछ। यो उच्च प्रत्याशित कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिंगमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ।

साटा अध्यक्ष एस्माइल हनीले साटा को अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजित गरिएको थियो। साटा को अनुकूलता र चुनौतीपूर्ण समयमा उत्कृष्टता मनाउने प्रतिबद्धता प्रदर्शन गर्दै, महामारीको समयमा एक संस्करण भर्चुअल रूपमा सञ्चालन गरिएको बताउनु भयो।

यी कार्यक्रमहरू मार्फत साटा ले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट प्रवर्द्धन र उत्सव मनाउनको लागि एक प्रमुख प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको अर्को वर्षको लागि चरण सेट गर्दछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर