नेभिगेसन मेनु

चिनियाँ दुतावासले मनायो सेना स्थापनाको ९७ औं वार्षिकोत्सव
सम्पादक:南亚网络电视
समय:2024-07-22 11:33

IMG_3448

राष्ट्रियगान प्रति सम्मान व्यक्त गर्नुहुँदै उपस्थित महानुभाव। तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी

एस् ए टि भी, श्रावण ७ गते, काठमाडौ। नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ सेना स्थापनाको ९७ औं वार्षिकोत्सव मनाएको छ। काठमाण्डौको रेडिसन् होटलमा आईतबार साझा विशेष कार्यक्रमको आयोजना गर्दै सेना स्थापना दिवस मनाईएको हो। सो कार्यक्रमले नेपालमा रहेका चिनियाँ सेना र नेपाली सेनाका पदाधिकारीबिच आपसी समझदारीलाई बलियो बनाउने मञ्च प्रदान गरेको थियो। 

IMG_3497

प्रमुख अतिथि प्रभुराम शर्मालाई स्वागत गर्नुहुँदै चिनियाँ पदाधिकारी। तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी

चिनियाँ दुतावासको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल सेनाका प्रमुख आर्मी चिफ प्रभु राम शर्मा, नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत महामहिम छन् सोङ, गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, भावी प्रधान सेनापति अशोक सिग्देललगायत कुटनीतिक विषेशज्ञ, विभिन्न क्षेत्रका प्रतिनिधी लगायत विशिष्ट व्यक्तित्वको गरीमामय उपस्थिति रहेको थियो। 

IMG_3563

मन्तव्य पेश गर्नुहुँदै प्रमुख अतिथि प्रभुराम शर्माा । तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी

प्रमुख अतिथिका रुपमा उपस्थित नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पञ्चशील, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून, परम्परागत मूल्यमान्यता र नियमका साथै ‘सबैसँग मित्रता र शून्यसँग दुश्मनी’ नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । नेपाल–चीन सैन्य सम्बन्धप्रति सन्तुष्ट शर्माले, नेपाल र चीनबीच उत्कृष्ट सम्बन्ध रहेको जानकारी गराउन पाउँदाको खुशी व्यक्त गर्नुहुदै  हाम्रा बहुआयामिक र दृढ बन्धनहरू समयसँगै बढेको  बताउनुभयो ।

IMG_3615

मन्तव्य पेश गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ। तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी

कार्यक्रममा मन्तव्य पेश गर्नु हुदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पीपुल्स लिबरेसन आर्मी पीएलएको विगत ९७ वर्षको विकासले चिनियाँ सेनालाई राष्ट्रिय सुरक्षा र एकतामा समर्पित आधुनिक सशस्त्र बलको रूपमा विकास गरेको बताउनु भयो। "पीएलएको विगत ९७ वर्षको विकासले चिनियाँ सेनालाई राष्ट्रिय सुरक्षा र एकतामा समर्पित आधुनिक सशस्त्र बलको रूपमा विकास गरेको छ। विश्व शान्ति र स्थिरताको लागि पनि समर्पित चीनले सधैं शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको अभ्यास गरेको छ जुन चीनको विदेश नीतिको आधारशिला पनि हो। चीनले कहिल्यै युद्ध भड्काउन वा विदेशी भूमिको एक इन्च कब्जा गरेको छैन। चीन, नयाँ युगको विश्व शान्ति र समृद्धि कायम राख्नका  लागि सैन्य रणनीतिक दिशानिर्देशतर्फ प्रतिबद्ध रहेको छ" उहाँले बताउनु भयो। 

IMG_3544

मन्तव्य पेश गर्नुहुँदै नेपालस्थित चिनियाँ दूतावासका रक्षा अधिकारी वरिष्ठ कर्नेल लु गुओझेङ। तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी

नेपालस्थित चिनियाँ दूतावासका रक्षा अधिकारी वरिष्ठ कर्नेल लु गुओझेङले मन्तव्य पेश गर्नुहुँदै विगत ९६ वर्षको चिनियाँ जनमुक्ति सेनाको गौरवशाली इतिहासको समीक्षा गर्नुभयो। चिनियाँ जनमुक्ति सेना सी जिनपिङको विचारबाट निर्देशित भएको बताउनु भयो। त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्वमा सेनालाई बलियो बनाउने शताब्दी पुरानो लक्ष्यका साथै विश्व शान्तिको रक्षाका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाले नेपाली सेनासँग मिलेर मैत्रीपूर्ण र सहयोगात्मक भावनालाई निरन्तर गहिराइमा राख्ने इच्छा व्यक्त गर्नुभयो ।

IMG_3390

चिनियाँ सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएका योगदानहरू बारे प्रमुख अतिथिलाई ब्रिफिङ गर्नु हुदै चिनियाँ पदाधिकारी। तस्बिर -रमेश श्रेष्ठ /एस् ए टि भी

लामो समयदेखि चिनियाँ सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना, समुद्री सुरक्षा, महामारी विरुद्धको सहयोग, मानवीय उद्धार र अन्य कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। नेपालले भोगेको प्राकृतिक प्रकोपमा मानव उद्दारका लागि चिनियाँ सेनाले सदैव नेपाली सेनालाई सहयोग गरेको पाइन्छ। ७२ को विनासकारी भूकम्प होस् वा ८० मा जाजरकोटका भूकम्प, यस्ता सबै प्रकोपमा चिनियाँ सेना र सरकारले नेपाल र नेपालीलाई राहत वितरण, अविस्मरणीय योगदान र सहयोग पुर्याउदै आएको छ। चीनको नेपाल प्रतिको मित्रवत भावना, सहयोगी मन र आपसी विकाशका नीतिहरूलाई नेपालले पनि सरादार गरेको छ।

IMG_3722

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर