नेभिगेसन मेनु

बालुवाटारमा नेपालको कृषि रुपान्तरण विषयक एक दिने सम्मेलन सुरू, २०८१-९१ लाई कृषि दशक बनाउन सरकारको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2024-07-05 16:31

WeChat截图_20240705130420

एस् ए टि भी, असार २१ गते। नेपाल–चीन मैत्री मञ्चले आज बालुवाटारमा ‘नेपालको कृषि रुपान्तरण’ विषयक एक दिने सम्मेलनको आयोजना गरेको छ । नेपालका अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा सम्मेलनको उदघाटन गरीएको हो।

IMG_2882

प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित नेपालका माननीय अर्थमन्त्री वर्षमान पुनले आफ्नो मन्तव्य मार्फत २०८१-२०९१ को दशकलाई कृषि दशक बनाउन सरकारको लक्ष्य भएको बताउनु भएको छ। "सरकार, राजनीतिक नेतृत्व वा मन्त्री फेरिए पनि नीति नफेरिने गरी हामी अगाडी बढेका छौं। यसमा अहिलेको सरकारको नीति मात्रै हैन पछिल्लो सरकारको अध्ययनहरु छन् र भोलिको सरकारले पनि यसलाई आत्मसाथ गर्नेछ भन्ने मेरो विश्वास रहेको छ। कृषि संरक्षणका निम्ति चालू आर्थिक वर्षमा कृषि उत्पादनमा लगाइएको भ्याट यस वर्ष हटाइएको छ" उहाले बताउनु भयो।

IMG_2837

सम्मेलनले नेपालको कृषि क्षेत्रको पुनरुत्थान र देशको आर्थिक बृद्धिलाई अघि बढाउन युवाहरूको प्रमुख भूमिकालाई पार गर्ने उद्देश्य राखेको छ । कृषि क्षेत्रमा युवाहरुको संलग्नताका सन्दर्भमा विद्यमान चुनौती र अवसरलाई सम्बोधन गर्नुका साथै दिगो विकासलाई प्रवर्द्धन गर्ने उपाय खोज्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

IMG_2839

नीति तथा कार्यक्रम, सहयोगी उपाय र मूल्य शृङ्खला, व्यापार तथा उद्यमशीलता, लगानी, वित्तिय, युवा नवप्रवर्तन, स्टार्टअप, प्रविधि र यान्त्रिकीकरण जस्ता विषयमा कागजी प्रस्तुति, मुख्य भाषण र विभिन्न कृषि क्षेत्रका सफलताका कथाहरू प्रस्तुत गरी छलफल र उत्खनन गरिने छ।

छलफलमा विभिन्न प्रदेशका स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिताले महत्वपूर्ण योगदान पुर्याएको छ। सम्मेलनले नेपाली युवाहरूको प्रत्यक्ष संलग्नताबाट हाम्रो भूमिमा कृषि क्षेत्रको जग बलियो बनाउँदै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर