एस् ए टि भी, श्रावण १ गते काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ्गले नवनियुक्त प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई भेटेर बधाई ज्ञापन गर्नुभएको छ ।
पद तथा गोपनियताको सपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै राजदूत छनले सिंहदरवार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई व्यक्त गर्नुभएको हो ।
राजदूत छन सङ्गले शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिनुभएको थिए ।
भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत छनले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत छनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’