नेभिगेसन मेनु

नवगठित सरकारमा को को बन्दैछन् मन्त्रि ?
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-07-15 14:09

WeChat Screenshot_20240715120213

एस् ए टि भी, काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को विस्तारमा कांग्रेसले आठ र एमालेले सात मन्त्रालय राख्ने प्रारम्भिक समझदारी भएको छ भनृ बाँकी मन्त्रालयमा साना दललाई समेट्ने योजना रहेको छ।

एमालेले आज गठन हुने नयाँ मन्त्रिमण्डलमा आफ्ना मन्त्रीहरुको नाम बिहान अबेरसम्म बसेर टुंगो लगाएको छ । विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री नै तोकिएको छ । लमजुङका पृथ्वीसुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री र मानवीर राईलाई रक्षा मन्त्रालयको जिम्मा लगाउन लागिएको छ । अन्य मन्त्रीमा कास्कीका विद्या भट्टराईलाई शिक्षा तोकिएको छ । यसअघि प्रचण्ड क्याबिनेटमा रहेका दुई जना मन्त्री बलराम अधिकारी र दामोदर भण्डारीलाई पुरानै भूमिसुधार र उद्योग मन्त्रालयमा यथावत राख्ने निर्णय भएको छ । त्यस्तै वीरगन्जका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन र झापाका देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्दैछन् । 

उता काँग्रेसले सरकारमा सहभागी हुने सबै ९ जना मन्त्रीको नाम टुंगो लगाएको छ । प्रकाशमानलाई उपप्रधान तथा ऊर्जामन्त्री बनाउने तयारी गरेको बताइन्छ । परराष्ट्रमा आरजू राणा देउवा र गृहमन्त्रीमा रमेश लेखक पहिले नै निश्चित छन् । शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा  नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् । त्थस्तै अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ ।

अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो । यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री  नियुक्त गर्नुभएको थियो ।  प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय  दिनुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर