नेभिगेसन मेनु

टेलिकमको हाकिम छान्नै सकस
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:38

ntccc_0pMAtBA9Mc

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) का आकांक्षीहरुको दौडधुप शुरु भएको छ । आफूभन्दा वरिष्ठलाई पछि पार्दै उक्त पद हत्याउन केही प्रतिस्पर्धीले शक्तिकेन्द्र धाउने क्रमलाई तीव्रता दिएको बताइन्छ ।

यसमा शालिग्राम पराजुलीको दौडधुप अरुको भन्दा बढी देखिन्छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरीहरुमार्फत् प्रयासरत उनी सरकार परिवर्तनपछि एकाएक एमाले नेताहरुको घर धाउन थालेको आरोप छ ।

विज्ञान तथा प्रविधि विभागमा रहेका पराजुलीको एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि निकट सम्बन्ध थियो । विगतमा उनले नेपालमार्फत् टेलिकमको नेतृत्वमा पुग्न अधिकतम प्रयास गरेका थिए । तर,सत्ता परिवर्तनसँगै एमाले नेताहरुकोमा धाउन थालेका छन्  ।

बुधबारमात्रै एमाले उपमहासचिव एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई भेटेर उनले आफूलाई उक्त पदको निम्ति योग्य भएका प्रमाणहरु देखाएको स्रोतको दाबी छ । एमालेको विज्ञान तथा प्रविधि विभाग र कर्मचारीहरुको संस्था नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन) भने विपक्षमा उभिएको छ ।

टेलिकमको एमडी नियुक्ति प्रक्रिया जेठ २२ देखि शुरु भएको थियो । १५ दिनको सूचना जारी भएको अवधिमा १७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये नेपाल टेलिकममै कार्यरत इञ्जिनियर सुवास साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत भएको छ ।

सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले एमडी छनोट प्रक्रिया अघि बढाउँदा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा र कमल लामिछाने असार २० गते तथा कृष्णप्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तामणि बराल, नगेन्द्रकुमार दास,प्रेमप्रसाद सिलवाल र बुद्धिप्रसाद आचार्य २१ गते प्रस्तुतीकरण एवम् अन्तर्वार्तामा सामेल भइसकेका छन् ।

रमेशप्रसाद जोशी,राजेश जोशी,लक्ष्मण महर्जन, विमल आचार्य,शालिकराम सुवेदी,शालिग्राम पराजुली र संगीता पहाडीले २२ गते अन्तर्वार्ता दिएका छन् । छनोट समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियापछि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेमा हाल रोकिएको छ ।

स्रोतका अनुसार डा. आचार्य र टेलिकम बाहिरका अरु चार जना ‘लगभग रिङ आउट’ भएका छन् । बाँकी ११ प्रतिस्पर्धीमध्ये केदारनाथ कोइराला, अनन्तप्रकाश मल्लिक, टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य,शालिकराम सुवेदी, लक्ष्मण महर्जन,कमल लामिछाने र राजेश जोशीमाथि एमाले इतरको बिल्ला भिराइएको छ ।

प्रतिस्पर्धीमध्ये चार जना प्रमुख दाबेदार देखिएका छन् । पराजुलीसहित टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), १०औं तहमा कार्यरत प्रेमप्रसाद सिलवाल र कृष्णप्रसाद भण्डारीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

संगीताका श्रीमान नेपाली सेनाका इन्जिनियर कर्णेल हुन् । राजनीतिक तहमा उनको राम्रो सम्बन्ध छ ।सङ्गिता अन्तरिम संविधान लेखनमा सँलग्न लक्ष्मणप्रसाद अर्यालकी छोरी हुन् । कृष्णप्रसाद भण्डारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमको सहकार्यमा खुलेको वालेट नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।

एमालेनिकट उनलाई कार्यानुभव र क्षमताका हिसाबले पनि संगीतापछि दोस्रो दाबेदार मानिएको छ । उनी सन् १९९९ मा टेलिकम सिस्टम इञ्जिनियरका रुपमा नेपाल टेलिकममा प्रवेश गरेका थिए । दुई वर्षदेखि टेलिकमको प्रबन्धक छन् ।

प्रबन्धकहरुमध्ये सबैभन्दा वरिष्ठ प्रेमप्रसाद सिलवाल ११औं तहमा बढुवा हुनेको पहिलो नम्बरमा छन् । कार्यानुभव र क्षमताका हिसाबले अब्बल उनी एमालेकै आईटी विभागदेखि एनटिनसम्मले रुचाएका प्रतिस्पर्धी हुन् । 

यता सत्ता साझेदार नेपाली काँग्रेसले पनि टेलिकम एमालेको भागमा परेको मन्त्रालय भएकाले हस्तक्षेप नगर्ने बुझिएको छ । माओवादी सत्तामा रहिरहेको भए दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष नियुक्तिमा झैं परिस्थिति अन्तैतिर उन्मुख हुँदै थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर