नेभिगेसन मेनु

विवाह पञ्चमीमा सार्वजनिक बिदा
सम्पादक:南亚网络电视
समय:2025-11-24 11:59

 

 20230324_160518

मङ्सिर ८ गते । विवाह पञ्चमीको अवसरमा जिल्लाको रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भगवान राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्त्व उजागर गर्नका लागि रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी गरिरहेको छ ।

सोही अवसरमा नगरपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत कात्तिक २४ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्न नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको रामपुर नगरपालिकाले जनाएको छ ।

विवाह उत्सवको अवसरमा रामपुर –५, रामघाट बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको धार्मिक माध्यता रहेको वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटबाट जन्त निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ स्थित सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी भएको नगरपालिकाले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर