नेभिगेसन मेनु

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2025-11-25 12:05

 

 jail-arrest_DZZQaXCTyj

पर्सा । स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट रु १५ लाख बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार उनको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु ६ लाख ५० हजार बरामद गरिएको हो । यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ ।

प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर