नेभिगेसन मेनु

धर्मेन्द्र नहुँदा 'अपने २' अधुरै
सम्पादक:南亚网络电视
समय:2025-11-28 13:01

 

 dharmendra-27112025095334-1000x0

काठमाडौँ — बलिउड निर्देशक अनिल शर्मा 'अपने २' निर्माण गर्ने तयारीमा थिए । सन् २००७ को बलिउड फिल्म 'अपने'को यो सिक्वेल हुने थियो । तर, फिल्मको प्रमुख पात्र धर्मेन्द्र नै नरहेपछि फिल्मको कथा अब अपूरो हुने भएको हो ।

निर्देशक शर्मा धर्मेन्द्रसहित फिल्मका पुरानै पात्रहरु धर्मेन्द्रका दुई छोरा सन्नी र बबी देवललाई लिएर फिल्म बनाउने तयारीमा थिए ।

'शोले', 'अनुपमा', 'चुपके चुपके'लगायतका फिल्म गरेका धर्मेन्द्रले गत सोमबार संसार छाडे । निर्देशक शर्माले धर्मेन्द्रलाई सम्झँदै कति कथा अधुरो हुने बताएका थिए । 'म एकदम दु:खित छु । मनमा पछुतो पनि बाँकी छ । यो संसारमा सबै कुरा पूरा हुन्छ भन्ने हुँदैन रहेछ । कति कथा अधूरै हुने रहेछन्,'निर्देशक शर्माले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्,'धरमजीको अब सम्झना मात्रै हामीसँग बाँकी छन् । उहाँको प्रेम सदैव हामीसँग रहनेछ ।'

'अपने'मा पहिलो पटक धर्मेन्द्रसँगै दुई छोराले एकसाथ एउटै पर्दामा काम गरेका थिए । फिल्मलाई अनिलले नै त्यतिबेला निर्देशन गरेका थिए । अनिलले सन् २०२० मा 'अप्ने २' बनाउने घोषणा गरे पनि धेरै वर्षदेखि उनी सिक्वेल निर्माणमै व्यस्त थिए । फिल्ममा धर्मेन्द्रकै नाति करन देवललाई पनि समेट्ने तयारी थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर