
दक्षिण एशिया नेटवर्क टिभी, काठमाडौं, मंसिर ११ — चिनियाँ गरिबी निवारण विषयमा आधारित २२ भागको टेलिश्रृंखला "मिननिङ गाउँ" को नेपाली डबिंग संस्करण मंसिर १८ देखी कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ। यसपछि, यो शृङ्खला हप्तामा तीन दिन बिहिवार शुक्रवार र शनिवार राती ९ बजे नियमित रूपमा प्रसारण हुनेछ। चीनमा प्रसारणका बेला ठूलो दर्शकसंख्या र प्रशंसा बटुलेको यो यथार्थवादी उत्कृष्ट कृति, दक्षिण एशिया नेटवर्क टिभीको चिनियाँ र नेपाली चलचित्र/टिभी च्यानलहरूमा पनि एकै पटक प्रसारण हुनेछ, जसले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा नयाँ स्फूर्ति ल्याउनेछ।
"मिननिङ गाउँ" ले निङ्सियाको सिहाइकु क्षेत्रमा गरिबी निवारणको वास्तविक अभियानलाई आधार बनाएको छ। मा देफु र ली शोए ह्वा जस्ता जीवन्त पात्रहरूको संघर्षमार्फत्, यसले चिनको पश्चिमी क्षेत्रको एक गरिब जिल्लामा जोडी सहकार्य नीतिले ल्यकएको परिवर्तनलाई जीवन्त रूपमा चित्रण गर्दछ। यस शृङ्खलाले २८औं शंघाई टेलिभिजन महोत्सवको म्याग्नोलिया अवार्डसहित धेरै पुरस्कारहरू पाएका छन्। यस शृङ्खला अंग्रेजी, अरबी जस्ता बहुभाषिक संस्करणहरूले अन्य देशहरूमा पनि व्यापक चासो आकर्षित गरिसकेका छन्।
यो नेपाली संस्करणको डबिंग दक्षिण एशिया नेटवर्क टिभीको टोलीले नौ महिना लगाएर पूरा गरेको हो। डबिंगका क्रममा भाषिक र सांस्कृतिक तत्वहरूको अनुवादमा विशेष ध्यान दिइएको छ। दक्षिण एशिया नेटवर्क टिभीका एक प्रवक्ताले बताए, "हामीले विशेष रूपमा अन्तर-सांस्कृतिक विशेषज्ञ समूह गठन गरेर प्रत्येक वाक्यको पृष्ठभूमिको अर्थको एक एक गरी विश्लेषण गर्यौं, जसद्वारा प्रत्येक पात्रको भाषा शैली नेपाली स्थानीय अभिव्यक्ति संग मेल खाने गरी तयार पारेकाछौ।"
शृङ्खलामा देखाइएको "फुजियान-निङ्सिया सहकार्य" को सफल्ताबाट नेपाल जस्ता विकासशील देशले विकास अनुभवहरू सिक्न सक्छ।
हाल, नेपालभित्र यो शृङ्खलाको प्रसारणको लागि उत्सुकता बढ्दैछ। कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जाल, पत्रपत्रीका र टेलिभिजन मार्फत व्यापक रूपमा प्रचार गरी रहेका छन्।
"मिननिङ गाउँ" को नेपाली संस्करणको प्रसारणले चीन-नेपाल चलचित्र र टेलिभिजन सहकार्यको नयाँ चरणलाई चिन्ह लगाउँछ। यो संघर्षको महाकाव्यले नयाँ अध्याय लेख्ने छ।






