नेभिगेसन मेनु

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार
सम्पादक:南亚网络电视
समय:2025-11-13 12:16

 

 uddhar_HRDDc3uAIH

गोरखा । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुङको भनाइ छ । 

लामाको यो पहिलो सुत्केरी हो । उनले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमी कल्पना सिंहले जानकारी दिइन् । अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल कम भएकोसँगै दूध चुस्नै नसकेकाले तत्काल उद्धार गर्नुपरेको अनमी सिंहले बताइन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर