नेभिगेसन मेनु

हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुग्यो
सम्पादक:南亚网络电视
समय:2025-11-28 12:47

 

 Screenshot-2025-11-27-121235

हङकङ । हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको छ । बिहीबार सार्वजनिक आवास अपार्टमेन्टहरूमा लागेको आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको सहरको अग्नि विभागले जानकारी दिएको हो । 

विभागका अनुसार ५१ जनाको मृत्यु दुर्घटनास्थलमै भएको र अरु ४ जनाको उपचारको क्रममा निधन भएको छ । आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको जनाइएको छ । 

आगलागी सुरु भएको झन्डै २४ घण्टा भइसक्दा पनि आगो पूरै निभाउन नसकिएको सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रभावित बासिन्दालाई हङकङबासीहरूले खाद्यान्न र लत्ताकपडा लगायतका सामान सहयोग गरिरहेका छन् ।

अलिबाबा, एन्टा लगायत कयौँ चर्चित चिनियाँ कम्पनीले पनि ठुलो रकम दानको घोषणा गरेका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर