नेभिगेसन मेनु

भारतमा दुई बस ठोक्किँदा १० को मृत्यु, २० भन्दा बढी घाइते
सम्पादक:南亚网络电视
समय:2025-12-01 11:32

 

 truck-accident

नयाँदिल्ली, मङ्सिर  १५ गते । भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत पर्ने थिरुपट्टुर–करैकुडी मुख्य मार्गमा भएको हो । दुर्घटना स्थल राज्य राजधानी चेन्नईबाट करिब ४२३ किलोमिटर किदिसम्म दक्षिण–पश्चिमतर्फ पर्छ ।

प्रहरीका अनुसार एक बस तिरुप्पुरबाट करैकुडीतर्फ जाँदै थियो भने अर्को बस करैकुडिबाट डिण्डिगुलतर्फ गइरहेको थियो । ती दुवै बस एकै लेनमा आमनेसामने ठोक्किँदा ठूलो क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले तत्कालै उद्धार तथा राहत कार्य थालेका थिए । घाइतेहरूलाई स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । (रासस/सिन्ह्वा)

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर