नेभिगेसन मेनु

सिमरा झडपमा किटानी जाहेरी परेका साह पक्राउ
सम्पादक:南亚网络电视
समय:2025-11-21 12:16

 

 simara_nepal-photo-library8_Eig7tYv6yG

बारा । गत बुधबार जितपुरसिमरा उपमहानगरपालिका–२ को सिमराचोकमा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच भएको झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साह रहेका बाराका एसपी सन्तोष तामाङले जानकारी दिए । साहलाई बिहीबार राति ८ बजे पक्राउ गरिएको हो ।

यी तिनै व्यक्ति हुन् । जसलाई पक्राउ गर्नुपर्ने भन्दै देशभरका जेनजी युवाहरूले सामाजिक सञ्जालमा फोटो राखेर भाइरल बनाएका थिए । उनी एमालेका कार्यकर्ता रहेको खुलेको छ । साह यसअघि नेकपा एसमा आबद्ध थिए । उनीमाथि पटक–पटक पक्राउ पुर्जी जारी हुने गरेको थियो भने आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका थिए । 

यससँगै सिमरा झडप प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि प्रहरीले एमालेबाट निर्वाचित जीतपुर सिमरा उपमहानगरका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरिसकेको छ । 

पक्राउ परेका वडाध्यक्षहरूविरुद्ध अदालतबाट सात दिनको म्याद थप भएको छ । आज पक्राउ परेका साहलाई भोलि अदालतमा म्याद थपका लागि पेस गरिने एसपी तामाङले बताए ।

झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा जेनजी अगुवा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसैबिच, बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादव सिमरा पुगेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।

स्मरण रहोस्, बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरी मुलगेट तोडफोड गरेका थिए ।

यस आन्दोलनका कारण बुधबार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएका थिए । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज उडानको व्यवस्था मिलाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर