नेभिगेसन मेनु

जङ्गलमा मृत भेटिए युवकयुवती
सम्पादक:南亚网络电视
समय:2025-11-25 12:20

 

 dead-body

सुर्खेत, मङ्सिर ९ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । ‎मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

‎‎प्रहरीका अनुसार सोमबार बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उहाँका काका राजु चौधरीले र किशोरको सनाखत उहाँका फुपू गीता खत्रीले गर्नुभयो । ‎घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर