नेभिगेसन मेनु

काठमाडाैँ महानगरले सेवाग्राहीलाई निःशुल्क सिफारिस उपलब्ध गराउने
सम्पादक:南亚网络电视
समय:2025-11-26 11:56

 

 ktm-metro-kathmandu-mahanagar_qcTmHRWkDn

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मालपोत कार्यालय कलंकीमा भएको आगजनी र तोडफोडका कारण अभिलेख नष्ट भएका जग्गाधनीहरूका लागि निःशुल्क सिफारिस उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरको राजस्व विभागले मंगलबार सबै वडा कार्यालयहरूलाई एक परिपत्र जारी गर्दै पीडित सेवाग्राहीहरूलाई जग्गा स्रेस्ता कायम गर्न आवश्यक पर्ने सिफारिस एक पटकका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।

जेनजी आन्दोलनका कारण कलंकीस्थित मालपोत कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । जसले गर्दा अभिलेखहरू नष्ट भएका थिए ।

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मालपोत कार्यालय कलंकीले नष्ट भएका जग्गाको स्रेस्ता पुनः कायम गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसका लागि स्थानीय तहबाट जग्गाको भोगचलन सम्बन्धी र जग्गाधनी यकिन गर्ने तीन पुस्ते विवरण र फोटो टाँस सहितको सिफारिस आवश्यक पर्ने हुन्छ ।

image_aV85tH1KxC

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर